• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
शुक्रबार, भदौ ०६, २०८२
☰
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

  • ३. एटुजेडको तीज बिशेष लेखन प्रतियोगितामा २५ वटा आर्टिकल संकलन

  • ४. मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

नवलपुरमा दुर्लभ रक्त समूह भएकाहरु संगठित


  •   शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित
  • कावासोती: नवलपुर जिल्लामा दुर्लभ रक्त समूह भएकाहरु संगठित भएका छन् । दुर्लभ रक्त समूह भएकाहरु बिच एक आपसमा भाईचाराको सम्बन्ध स्थापित गर्दै समन्वय र सहयोग गर्ने उदेश्यले संगठित भएको कार्यक्रमका संयोजक सोम सुबेदीले जानकारी दिनुभयो ।

    Advertisement

    शनिबार कावासोतीमा आयोजित दुर्लभ रक्त समूह भएकाहरुको जिल्ला स्तरीय भेलाले ९ सदस्यीय जिल्ला कार्यसमिती समेत गठन गरिएको छ । समितिको अध्यक्षमा सोम सुवेदी , उपाध्यक्षमा सोनि श्रेष्ठ, सचिबमा रमेश बस्ताकोटी र कोषाध्यक्षमा नेनुका श्रेष्ठ चयन भएको नेपाल रेडक्रस सोसाईटी उप शाखा कावासोतीका सभापती बाबुराम कण्डेल ले जानकारी दिनु भयो । समितिका सदस्यहरुमा बिक्रम कार्की , गोबिन्द ढकाल , लोकेन्द्र वयम्बु , रामचन्द्र सापकोटा र स्मृति भुसाल न्यौपाने चयन भएका छन् । समितिमा सहसचिब , सहकोषाध्यक्ष सहित २ सदस्य जिल्ला कार्यसमितिको बैठकले चयन गर्ने कण्डेल ले बताउनु भयो ।

    जिल्ला स्तरीय भेलाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरका अध्यक्ष डिल्लिराम कडरियाले दुर्लभ रक्त समूह भएकाहरु संगठित हुनु आफैमा निकै महत्वपूर्ण काम भएको बताउनु भयो । उहाँले भन्नू भयो,” संगठित भएर अघि बढ्दा भोलिका दिनमा रगत अभावमा छटपटिनु पर्ने अबस्था आउँदैन , यो मानविय कार्य हो । ” कडरियाले दुर्लभ रक्त समूह भएकाहरु निकै कम संख्यामा हुने भन्दै संगठित भएर अघि बढ्दा धेरै सहज हुने बताउनु भयो ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उप शाखा कावासोतीका सभापति बाबुराम कन्डेल , नेपाल स्वयम् सेवी रक्तदाता समुहका जिल्ला अध्यक्ष धर्मराज लुईंटेल , नेपाल दुर्लभ रक्त समुदाय चितवनका अध्यक्ष लक्ष्मण ज्ञावाली लगायत ले शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा नवलपुर जिल्लाका दुर्लभ रक्त समूह भएका ब्यक्तिहरु , रेडक्रसकर्मी , स्वयम् सेवी रक्तदाता , संचारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नवनिर्वाचित सचिब रमेश बस्ताकोटीले गर्नु भएको थियो ।

    शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत
    एटुजेडको तीज बिशेष लेखन प्रतियोगितामा २५ वटा आर्टिकल संकलन
    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    • ३.
      एटुजेडको तीज बिशेष लेखन प्रतियोगितामा २५

    • ४.
      मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा

    भर्खरै

    • १.
      मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

    • २.
      एटुजेडको तीज बिशेष लेखन प्रतियोगितामा २५ वटा आर्टिकल संकलन

    • ३.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • ४.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ५.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ६.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ७.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ८.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.