चितवन ।नारायणी कला मन्दिरमा हुँदै आएको धमान्तरका गतिबिधि रोक्न बिश्व हिन्दु युवासंघले आग्रह गरेको छ । धमान्तर रोक्न विश्व हिन्दु शिव सेना नेपालले गरेको तालाबन्दी अराजक तरिकाले फुटाईएको भन्दै यसको भत्र्सना गर्दै युवा संघले यसको बिरोध गरेको हो ।
संघका अध्यक्ष घनश्याम पौडेल “श्याम” द्दारा जारी बिज्ञप्तिमा नारायणी कला मन्दीरमा हुँदै आएको धर्मान्तरको गतिबिधि तत्काल रोक्न आग्रह गरिएको छ । धर्मान्तरको बिरोधमा हिन्दु सेना नेपालले नारायणी कला मन्दीरमा गरिएको तालाबन्दी अराजक तरिकाले फोरीएको भन्दै यस्ता कार्य रोक्न प्रशाशनलाई आग्रह गरिएको छ । बिज्ञप्तिमा भनिएको छ “यही भदौ १६ गते धर्मान्तर रोक्न गरिएको तालाबन्दी अराजक तरिकाले फोड्नु धर्मयुद्दको आव्हान गरेको हामीलाई महशुस भएको छ ।” स्थानिय प्रशासन र कला मन्दिर प्रशासन नसुध्रिय बिद्रोह हुने बिज्ञप्तिमा उल्लेख छ ।
नारायणी कला मन्दिरमा अहिले सिर्जना भएको परिस्थितिको समाधान नभए त्यस पछिको आन्दोलन र क्रान्तिको जिम्मेवार स्वयम कलामन्दीर र स्थानिय प्रशासन हुने पौडेलद्दारा जारी बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तिमा भनिएको छ “अहिलेको घटनाले ओमकार परिवार प्रति आघात पुगेको छ ।” जुन सुकै वेला नारायणी कलामन्दीर समिति र स्थानिय प्रशासनको बिरुद्धमा आन्दोलना उत्रन तयार रहेको बिज्ञप्तिमा जनाईएको छ ।