• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

तिजको अवसरमा सानो घर र मानव सेवा आश्रमलाई सेन्ट्रल कलेजको दर


  •   शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
  • भरतपुर । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिको टिमले भरतपुर ११ स्थित सानो घर र भरतपुर ३ को मानव सेवा आश्रममा दर खाने कार्यक्रम सम्पन्न गरेको हो ।

    Advertisement

    टिमले आज (बिहीबार) सेन्ट्रल टिमले भरतपुर ३ बेलचोकस्थित मानव सेवा आश्रममा आश्रित अशक्त, बेसहारा, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर वृद्ध वृद्धाहरुलाई दर खुवाएको हो । तीजको अवसरमा आश्रममा आश्रित आमा बुवालाई दर खुवाईएको कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) ले जानकारी दिनुभयो ।

    उक्त कार्यक्रमका लागि हाल अष्ट्रेलियामा रहनुभएकी सेन्ट्रल टिमकी सदस्य बन्दना न्यौपानेले पनि सहयोग गर्नुभएको थियो । सो अवसरमा मानव सेवा आश्रमकी केन्द्रीय सदस्य एवं चितवन जिल्ला संयोजक निता केसीले सेन्ट्रल टिमले मानवीय सेवामा साथ सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । आश्रममा हाल ७० जना वृद्धाहरु रहेका छन् ।

    यस अघि सेन्ट्रल टिमले भरतपुर ११ स्थित सानो घरमा पनि दर खुवाउने कार्यक्रम सम्पन्न गरेको थियो । स्नेट्रल टिमले सानो घरमै पुगेर त्यहाँ आश्रित बालबालिकाहरुलाई दर खुवाएको हो । दर खुवाउने कार्यक्रम सँगै सानो घरको भवन निर्माणका लागि पनि सेन्ट्रल टिमले सहयोग गरेको छ । हाल अष्ट्रेलियामा रहनुभएकी सेन्ट्रल टिमकी सदस्य बन्दना न्यौपानेले यसका लागि पनि सहयोग गर्नुभएको थियो ।

    सो अवसरमा सानो घरकी सञ्चालक बिमला श्रेष्ठले साथ र सहयोगका लागि सेन्ट्रल टिमलाई धन्यवाद व्यक्त गर्नुभयो । यस्ता सहयोगले सानो घरको भावी योजनालाई कार्यान्वयन गर्न मद्त मिल्ने श्रेष्ठको भनाई थियो । सानो घरमा १९ जना बालबालिका आश्रित छन् ।

    कलेजका प्रिन्सिपल पौडेलले कलेजले सधैं सामाजिक उत्तरदायित्व बहन गर्दै आएको बताउनुभयो । घर घरमा तीज मनाईरहदा आश्रममा आश्रितहरुसँग सेन्ट्रल टिमले दर खुवाएर तीज मनाएको उहाँको भनाई थियो । पौडेलले सेन्ट्रल कलेजले सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो ।

    कलेजको आफ्नो व्यवसायबाट हुने नाफाको ३३ प्रतिशत खेलकुद तथा विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्दै आएको बताउनुभयो । कार्यक्रममा पौडेलसँगै कलेजकी सिईओ शारदा शर्मा, भाईस प्रिन्सिपल ॠषिराम भण्डारी, म्यानेजर पार्वती न्यौपानेलगायतको उपस्थित रहेको थियो ।

    शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.