• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

घरजग्गा वर्गीकरण प्रकरण : व्यवसायीको चर्को दबाब पछि हच्कियो महानगर


  •   शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
  • चितवन । गत भाद्र १२ गते भरतपुर महानगरपालिकाको भु उपयोग कार्यान्वयन समिति र भुउपयोग परिषदको निर्णयको विरोधमा चितवनका घरजग्गा व्यवसायीले भरतपुरका विभिन्न वडाहरुमा ज्ञापन पत्र बुझाए पश्चात भरतपुर महानगरपालिकामा पनि ज्ञापन पत्र बुझाएका छन ।

    Advertisement

    जग्गा व्यवसायी तथा लेखापढी कानुन व्यवसायी संघका प्रतिनिधि सहितको टोलीले आज शुक्रबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

    भरतपुर महानगरपालिकाको परिषद र समितिको निर्णय अनुसार भरतपुर महानगरपालिकाका २९ वटा वडा मध्ये वडा नम्बर ६ बाहेक १ देखि १२ वडासम्मको वडाहरुलाई आवासीय क्षेत्र र अन्य बांँकी वडाहरुलाई कृषियोग्य जमीनमा वर्गीकरण गर्ने निर्णय गरेको विरोधमा व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । नारायणी घरजग्गा व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारी, वरिष्ठ
    उपाध्यक्ष हेमन्त केसी र लेखापढी कानुन व्यवसायी एशोसियसन जिल्ला समन्वय समिति चितवनका उपाध्यक्ष विष्णु प्रसाद शर्मा लगायतको टोलीले यो निर्णय व्यवहारिक र बैज्ञानिक नभएको भन्दै तत्काल शंशोधन गर्न दबाब दिए ।

    बुधबार टोलीले भरतपुर वडा नम्बर ६, १३, १४, १५, १६ र वडा नम्बर २२का अध्यक्षहरुलाई ज्ञापन पत्र बुझाएको थियो । आज शुक्रबार भरतपुर महानगरपालिकामा ज्ञापन पत्र बुझाउंँदै संघका अध्यक्ष बाबुराम अधिकारीले सिमित व्यक्तिलाई फाइदा पुग्ने गरी घरजग्गाको वर्गीकरणको निर्णय तत्काल शशोधन गर्नुपर्नेमा जोड दिए । ‘यो निर्णय आम किसान , र भुइमान्छेको हित विपरीत भएको र उनीहरुलाई सुकुम्बासी बनाउने निर्णय गरेको भन्दै खेद प्रकट गरे । ‘जबसम्म यो निर्णय सच्चिदैन यसको परिणाम भयानक र गम्भिर हुनेछ ।’ अध्यक्ष अधिकारीले भने । यो निर्णय महानगर आफैलाई घातक र प्रत्युत्पादक हुने अधिकारीको भनाई थियो । व्यवसायीको चर्को दबाब र विरोधपछि महानगर केही हदसम्म संयमित भएको छ ।

    सो क्रममा बोल्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले यो निर्देशन संघीय कानुन अनुसार भएकोले आफूहरु बाध्यतामा परेको प्रतिक्रिया दिए । कुनैपनि कानुन समय सापेक्ष र आवश्यकता अनुसार शंशोधन हुन सक्ने भन्दै व्यवसायीलाई नआत्तिन आग्रह गरे । ’हामीपनि बाध्यतामा थियौं ,ऐन कानुन सधै एउटै र एकै हुंँदैन उनले भने, यसलाई सबैको छलफल पश्चात शंशोधन गर्न सकिन्छ ।’ भरतपुर महानगरपालिकाम जम्मा १५ प्रतिशत मात्र कृषियोग्य जमीन रहेको भन्दै उपप्रमु अधिकारीले यसलाई आवश्यकता अनुसार आवास, उद्योग, व्यवसायका क्षेत्रमा वर्गीकरण गर्न सकिने उनको भनाई थियो ।
    प्रमुख दाहालले व्यवसायीहरुको जायज माग सम्बोधन गरिने बताउंँदै आफूहरु महानगरबासीको हित विपरित जान नसक्ने बताईन । उनले यो निर्णय कार्यपालिकाको बैठकमा केही वडाअध्यक्षहरुले निर्णय गरेको भन्दै यसबारे आफूलाई समेत जानकारी नभएको बताईन ।

    ‘कार्यपालिकामा भएको यो निर्णय मलाई जानकारी छैन, उनले भनिन, निर्णय जायज नभए हामीले यसलाई थप अध्ययन गरी पुन छलफल गर्नेछौं ।’ हाललाई यो निर्णय कार्यान्वयन नगरिने र पुरानै नियम अनुसार कार्यान्वयन हुने दाहालले बताइन् । उनले यसबारे थप विज्ञ टोली, घरजग्गा व्यवसायी, कानुन व्यवसायी एवं सरोकार वालासंँग घनिभुत छलफल गरेर मात्र अघि बढ्ने बताईन् ।

    महानगरपालिकामा गत १२ गते समिति र परिषदको बैठकले आवासीय जग्गालाई कृषिजग्गामा रुपान्तरण गर्ने निर्णय गरेपछि र साविक ६ मिटरको बाटोलाई ८ मिटर बनाउने निर्णय गरेपछि भरतपुरमा जग्गाको कारोबार समेत ठप्प बनेको छ भने आम नागरिकमा समेत अन्यौलता छाएको छ ।

    शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.