चितवन । भरतपुर –११ चितवनमा अवस्थित युनाईटेड टेक्निकल कलेजमा भोली असोज ६ गते “दिगो निर्माण प्रबिधि र व्यवस्थापनः चुनौती र अवसर” बिषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुंँदैछ । उक्त सम्मेलनमा दिगो निर्माण प्रबिधि र व्यवस्थापनमा काम गर्नुभएका निर्माण क्षेत्रका बिशेषज्ञ, विद्वान् र विभिन्न बिश्वबिधालयका सोधकर्ताहरुको सहभागिता रहने कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकालले जानकारी दिनुभयो । सम्मेलनमा ज्याक्सन बिश्वबिधालय, अमेरिका सहित पोखरा र पुर्वान्चल बिश्वबिधालयबाट आउनुभएका बिशेषज्ञ, विद्वानहरु मुख्य बक्ता हुनुहुनेछ ।
सम्मेलनको मुख्य उदेश्य दिगो निर्माण प्रबिधि र व्यवस्थापनमा रहेका चुनौती र अवसरहरुको चर्चा गर्नु रहेको ढकालले बताउनु भयो । सम्मेलनका प्रमुख बिषयबस्तुहरुमा जलबायु परिबर्तनका बीचमा दिगो विकास, वातावरणयी प्रभाव मुल्याकन, कंक्रिटका विभिन्न गुणहरुको अन्वेषण, खानेपानी योजनाहरुको दिगोपन मुल्याकन लगायतका बिषयहरु समाबेश हुनेछन ।
सहभागीहरुले दिगो विकासका लागि आबश्यक उपाय र रणनीतिहरुको विचार विचार विमर्श गर्नुहुने युनाईटेड टेक्निकल कलेजका अनुसन्धान निर्देशक डा. अर्जुन बानियाँले दिनुभयो। ‘दिगो निर्माण प्रबिधि भविष्यका हाम्रा आबश्यकताहरु मात्र नभएर यसले रास्ट्रको अर्थतन्त्रमा समेत दिर्घकलिन प्रभाव पार्न सक्छ । ’ उहांँले भन्नुभयो ।
सम्मेलनका दौरान विभिन्न प्राबिधिक सत्रहरू हुनेछन् भने सम्मेलनमा मुख्य अतिथि पोखरा बिश्वबिधालयबाट बिज्ञान तथा प्रबिधि संकायका डीन प्रोफेसर राजेश कुमार ठकुराठी, बिशेष अतिथि कृषि तथा बन बिश्वबिधालयबाट कृषि संकायका डीन प्रोफेसर डा. अर्जुन कुमार श्रेष्ठ लगायतका हुनुहुने जानकारी युनाईटेड टेक्निकल कलेजका प्रिन्सिपल प्राध्यापक केशव दत्त अवस्थीले दिनु भयो । यसअघि पनि सन् २०२१ मा कलेजले दिगो ईन्जिनियरिङ् प्रबिधि र व्यवस्थापन बिषयमा अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको छ ।