• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

सहुलियत शुल्कमा डाक्टर साथीको सेवा शुरु


  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
  • चितवन । घरघरमै चिकित्सकीय सेवा दिने उद्धेश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित दुरसञ्चार रोडमा डाक्टर साथी प्याथोलोजी तथा होम केयर सर्भिसेजको सेवा शुभारम्भ गरिएको छ । उक्त संस्थाको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल र उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओली लगायतले उद्धघाटन गर्नुभएको हो ।

    Advertisement

    उद्धघाटनपछि बोल्दै उपप्रमुख अधिकारीले मेडिकल सिटी भरतपुरमा यसप्रकारको सेवा दिनु यहांँका नागरिकलाई अवसर भएको बताउनु भयो । ‘डाक्टर साथीको उद्धेश्य , अवधारणा नयांँ छ , उहांँले भन्नुभयो, यसले नागरिकको स्वास्थ्य सेवा पहुंँच पुर्याउंँ भन्ने बिषयमा आशावादी छु ।’ भरतपुरका अधिकांशको घरमा बृद्धाबृद्धा तथा बालबालिकाहरु आफै अस्पताल आउन नसक्ने हुंँदा पनि डाक्टर साथीको सेवालाई त्यस्ता लक्षित वर्गलाई मदत पुग्ने उहांँले बताउनु भयो । डाक्टर साथीले आफ्नो पेशा व्यवसायको साथै स्वास्थ्य सेवाको पहुंँचमा नरहेका निम्न वर्गका सेवाग्राहीलाई सेवा दिएर संस्थागत सामाजिक उत्तरदायित्व गर्ने बिषयमा जोड दिन उहांँले आग्रह गर्नुभयो ।

    बिशिष्ट अतिथि वडा अध्यक्ष खनालले वडा नम्बर १० मा अस्पताल धेरै भएको वडा रहेको भन्दै डाक्टर साथीको यस अवधारणाले मेडिकल क्षेत्रमा नयांँ आया थपिने बताउनु भयो । भरतपुरमा यसप्रकारको सेवा नयांँ रहेकोले यसलाई थप प्रभावकारी बनाउन गुणस्तरीय सेवा दिनुपर्नेमा उहांँले जोड दिनुभयो । यस्ता प्रकारका स्वास्थ्य संस्थाहरुलाई वडाले हर किसिमले सहयोग गर्न आफू सदैव तयार रहेको खनालको भनाई थियो ।
    यस्तै अर्का विशिष्ट अतिथि उवासंघ उपाध्यक्ष ओलीले युवाहरुको लगानी र प्रयासले गरिएको यस प्रकारको सेवाले स्वास्थ्य क्षेत्रमा थप उचाइ प्राप्त गर्ने बताउनु भयो । यस्ता सिर्जनशील सेवा आजको आवश्यकता रहेको भन्दै उहांँले सेवाको दायरा फराकिलो पार्दै बिशिष्टिकृत सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

    डाक्टर साथीका प्रबन्ध निर्देशक प्रणय केबीले आजको आधुनिक युगमा सेवाग्राहीलाई सहुलियत शुल्कमा घरमै अस्पतालको सेवा दिन आवश्यकता रहेकोले डाक्टर साथी प्याथोलोजी तथा होम केयर सर्भिसेज सञ्चालनमा ल्याईएको बताउनु भयो । ‘अहिले कतिपय घरमा पैसा भएरपनि नभएर पनि स्वास्थ्य पहुंँचमा नहुने धेरै हुनुहुन्छ , प्रबन्ध निर्देशक केबीले भन्नु भयो, यस्ता सेवाग्राहीलाई लक्षित गर्दै हामीले यो सेवा शुरु गरेका हौं ।’

    डाक्टर साथीसंँग हरेक किसिमको रोगको उपचार र निदान गर्ने टिम रहेको भन्दै उहांँले आवश्यकता अनुसार यो सेवालाई २४ सै घण्टा सेवा दिने बिषयमा आफूहरु प्रतिबद्धता रहेको बताउनुभयो । हालसम्म डाक्टर साथीले सयजना भन्दा बिरामीलाई स्वास्थ्य सेवा दिएर सन्तुष्ट पारेको भन्दै उहांँले आगामी दिनमा स्वास्थ्य सेवाको सबै सेवा दिने योजना रहेको बताउनु भयो । हाल भरतपुरबाट यो सेवा सञ्चालन गरिएको भएपनि निकट भविष्यमा अन्य जिल्लामा यसको सेवा विस्तार गर्दै लगिने प्रबन्ध निर्देशक केबीको भनाई थियो ।

    संस्थाका प्रबन्ध निर्देशक प्रणय केबीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहव्यवस्थापक एलिना श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो । ‘डाक्टर पनि साथी पनि , हाम्रो पनि राम्रो पनि’ भन्ने मुल नाराका साथ स्थापना भएको उक्त संस्थाबाट सहुलियत दरमा प्याथोलोजी सेवा, घरमै डाक्टर तथा नर्सिङ्ग सेवा, अप्रेसन पछिको घरमै सेवा, दिर्घरोगी सेवा, नमुना संकलन सेवा, फिजियोथेरापी तथा डाइटिसियन सेवा, ड्रेसिङ्ग तथा इन्जेक्सन सेवा, नवजात शिशु तथा सुत्केरी स्याहार लगायतका सेवा उपलब्ध छन ।

    आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.