चितवन । मानब बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण न्यूनिकरणमा यातायातकर्मीको भूमिका महत्वपूर्ण रहेको बताईएको छ ।आज माइती नेपालले भरतपुरमा गरेको यातायातकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् । पछिल्लो समय मानब बेचबिखन गर्न विभिन्न यातायातको प्रयोग गरी यस्ता घटना बढेकोले सचेतना तथा अभिमुखीकरण गरिएको माइती नेपालका कार्यक्रम संयोजक ईश्वर गिरीले जानकारी दिनुभयो ।
‘पछिल्लो समय मानबबेचबिखनको स्वरुप र प्रकृति फरक गरेको पाईएको छ , उहांँले भन्नुभयो, यसको नियन्त्रणको लागि यातायातकर्मीको भुमिका महत्वपुर्ण हुन्छ ।’ सवारीसाधनमा त्यस्ता प्रकृतिका व्यक्तिले प्रलोभन तथा बाध्यता पारेर बेचबिखन गरेको बताउंँदै गिरीले यस्ता बिषयमा चालक, सहचालक पनि सजग हुनुपर्ने बताउनु भयो । यस्ता अपराध गर्ने व्यक्ति शंका लागेमा माइती नेपालको टोल फ्रि नम्बर तथा प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रहरी नायब निरीक्षक रिमा कोइरालाले यातायातबाटनै एक ठाउंँबाट अर्को ठाउंँमा मानब बेचबिखन तथा ओसार पसारका घटना हुने गरेको बताउंँदै यातायातकर्मी यस बिषयमा चनाखो हुनुपर्ने बताउनु भयो । ‘चाहे बेचबिखन गर्न होस, या यौनकर्ममा लगाउन होस सार्वजनिक यातायात नै बढी प्रयोग गरेको देखिन्छ , प्रनानि कोइरालाले भन्नुभयो, यसमा शंका लाग्नासाथ चालक, सहचालकले हामीलाई खबर मात्र गर्नुभए हुन्छ, यो तपाईहरुको दायित्व पनि हो ।’
समाजमा प्रहरी एक्लैले मात्र मानब बेचबिखन तथा ओसारपसारका घटना न्यूनिकरण गर्न नसक्ने भन्दै उहांँले सबैको सामुहिक प्रयासले मात्र यस्ता घटना न्यूनिकरण र नियन्त्रण गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा सहभागी यातायातकर्मीले यस्ता घटना बिशेषगरी रातीको समय, तथा होटल तथा रेष्टुरेण्टमा र ग्रामीण इलाकामा हुने गरेको बताउंँदै शंका लागेमा प्रहरी र माइती नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।