चितवन । विश्व मुटु दिवस २०२४ को अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवन शाखाको आयोजना तथा पुरानो मेडिकल कलेजको प्राबिधिक सहयोगमा आज शुक्रबार चित्रसेन राष्ट्रिय आधारभुत बिद्यालय भरतपुर –१० का करिब १३० जना बिद्यार्थीहरुको निशुल्क मुटु परीक्षण गरिएको छ ।
Advertisement
प्रतिष्ठान चितवन शाखाका सह सचिव प्रकाश राज पन्तले संयोजन गर्नुभएको कार्यक्रममा चितवन शाखाका अध्यक्ष अशोक अधिकारी प्रमुख अतिथि रहनुभएको थियो भने पुरानो मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा मनोज श्रेष्ठ बिशिस्ट अतिथि रहनुभएको थियो
निःशुल्क स्वास्थ्य शिबिरमा अस्पतालका तर्फबाट वरिष्ठ मुटुरोग विशेषज्ञ डा मनोज श्रेष्ठ, डा बिजय भुसाल र डा सरोज पोखरेलले बिद्यार्थीहरुको स्वास्थ्य जांँच गर्नुभएको कलेजका बजार विभाग प्रमुख एवं जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।