चितवन । चितवनका अग्रज पत्रकार नवराज ढकालले स्वर्गीय आमा मायादेवी ढकालको स्मृतिमा आज चितवन मानव सेवा आश्रमका आश्रितहरुलाई भोजन वितरण गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नं. ७ कृष्णपुरमा रहेको आश्रममा रहेका ४७ जना बेसाहारालाई उहाँले खाना खुवाउनु भएको हो ।
उहाँले भन्नुभयो “आमा मुख्य खम्बा नहुँदा दशैं खल्लो छ, रमाईलो छैन, आमाको स्मरणमा आश्रममा रहनु भएका आमाहरुलाई भोजन गराएँ ।” आफ्नो सानो सहयोगले आश्रमलाई पनि सहयोग हुने भन्दै उहाँले े यस्तो प्रकारको सहयोगले समाजमा मानवीय सन्देश जाने बताउनुभयो ।
सो अवसरमा बुबा भोलानाथ ढकाल, श्रीमती जानुका ढकाल, छोरी बिनिता ढकाल, छोरा विजन ढकाल र नाति जेविन ढकाल सँगै रहनु भएको थियो । उहाँका जेठो छोरा विनय र बुहारी प्रेजु ढकाल जापान हुनुहुन्छ । परिवारका सबैले आमाको सम्झना गर्दै खाना खुवाएको पत्रकार ढकालले बताउनुभयो ।