चितवन । चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा) को आयोजनामा काडा अटो एक्स्पोमा घटस्थापनाको तेस्रो दिन सिजीग्रुपको आधिकारिक बिक्रेता युरो मोर्टसद्धारा वितरित किङ्गलङ्ग, केवाईसीका इभी बस र नेटा र रिडारा गाडीमा आकर्षण बढेको छ । तेस्रो दिन सम्म आईपुग्दा माइक्रोबस कार बुकिङ्ग र डेलिभरी गरी १० वटा बुकिङ्ग र २ वटा डेलिभरी भइसकेको युरो मोटर्सका प्रबन्ध निर्देशक सन्तोष भट्टराई जानकारी दिए ।
’शोरुममै पनि हाम्रो बुकिङ्ग राम्रो थियो यहांँ त झन अपेक्षा गरेभन्दा राम्रो बुकिङ्ग छ , प्रबन्ध निर्देशक भट्टराइले भने, किङ्गलङ्ग केवाइसी र नेटाको ब्राण्डनै काफी छ ।’
एक्स्पोमा छुट, लक्की ड्रका साथै स्किम भएकोले पनि गाडी लिने ग्राहकको चाप बढेको हो ।
एक्स्पोमा हाल नेटा भी, नेटा एक्स, जाकाओनी, र जेली कम्पनीको रिडारा आरएडी सिक्स कारहरु प्रर्दशनमा राखिएको छ । े न्यूनतम मुल्य ३१ लाख ६३ हजार देखि ६३ लाख रुपैंया सम्म पर्ने कारहरु रहेको प्रबन्ध निर्देशक भट्टराइले बताए । यी सबै भर्सन गाडीहरुमा एकपटकको चार्जिङ्गमा ३०० किमी देखि ५०० किलोमिटररेन्ज दिने क्षमता रहेको कम्पनीले बताएको छ ।
यस्तै इभीको बसको बजारमा एकछत्र राज गरेको किङ्गलङ्ग, केवाइसी भर्सनका इभी माइक्रो बसमा पनि ग्राहकको उत्तिकै आकर्षण रहेको पाईएको छ । खर्च एकदम न्यून र आम्दानी बढी हुने भएकोले यातायात व्यवसायीहरु, कर्पोरेट हाउस र नीजि कम्पनीहरुले यी भर्सनका गाडी मन पराएको भट्टराइका भनाई छ । हाल यी भर्सनका गाडीमा १४,१५ , १६ सिट क्षमताका आरामदायी सिट, र एसी सहितका माइक्रोबस प्रर्दशनमा राखिएका छन । यिनीहरुमो मुल्य मोडल र भर्सन अनुसार ४५ लाख ५० हजार रुपैंयादेखि ८१ लाखसम्मका लक्जरी माइक्रोबस रहेको उनले बताए । ‘हामीसंँग व्यवसायी, कम्पनीहरुको चाहना अनुसारका फिचर र मुल्य अनुसारका इभी बस छन , उनले भने, समयमै बुकिङ्ग गर्न र यहांँको सुबिधाको फाइदा उठाउन समेत अनुरोध गर्दछु ।’
भरतपुरको मिलनचोकमा अवस्थित युरो मोटर्स काठमाडौं उपत्यका बाहिरकै ठुलो सिजी कम्पनीका गाडीका आधिकारिक बिक्री केन्द्र तथा सर्भिस सेन्टर हुन् ।
चितवन उद्योग संघसँगको सहकार्यमा चितवन प्रर्दशनी केन्दमा अटोमोवाईल व्यवसायको प्रवद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ असोज १६ गतेदेखि असोज १९ गतेसम्म एक्स्पोको आयोजना गरिएको हो ।