• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • २. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ३. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ४. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

  • ५. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

वडा तहसम्म सूचना प्रवाह प्रभावकारी बनाउन जोड


  •   बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
  • चितवन । चितवनमा रहेका सरकारी कार्यालय तथा स्थानीय तहमा नागरिक तथा संचारकर्मीहरुलाई दिइने सूचना कार्यान्वयनमा कमजोरी भएको सरोकारवालाले बताएका छन ।

    Advertisement

    आज प्रदेश सूचना पुनरावेदन समिति , वागमती प्रदेशले भरतपुरमा आयोजना गरेको ‘सूचनाको हक प्रर्वद्धन सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उनीहरुले अझैपनि नागरिकहरु फितलो सूचना प्रवाहले सूचनाको पहुंँच बाहिर रहेको बताएका हुन् । समितिले स्थानीय तहसम्मनै सूचनाको पहुंँच पुर्याउनु पर्ने उद्धेश्य सहित अन्तरक्रिया कार्यक्रम राखेको हो । अन्तरक्रिया कार्यक्रममा वागमती प्रदेशका प्रमुख अतिथि आन्तरिक तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने हुनुहुन्थ्यो ।

    कार्यक्रममा बोल्दै मन्त्री लामिछानेले सूचना प्रविधिको विकास संँगै नागरिकलाई सूचना चांँडो भन्दा चांँडो उपलब्ध गराउनु पर्ने बताउनु भयो । सूचनाको हक पाउने अधिकार सबै नागरिकलाई भएपनि सूचना दिने निकायले नै सूचना दिन हिच्किच्याउने गरेको बताउनु भयो । गलत सूचना समाजको लागि घातक रहेको बताउंँदै गलत सूचनाले ठूलो दुर्घटना निम्त्याउने उहांँको भनाई थियो ।
    बिशिष्ट अतिथि भरतपुरमहानगर पालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सूचनाको हकको ऐन कानुन भएपनि कार्यान्वयन पक्ष कमजोर रहेको बताउनु भयो । ‘सूचनाको हकको ऐन कानुन सबै बनेका छन उहांँले भन्नुुभयोे, तर सरोकारवार निकायले जनताले अनुभूति गर्ने गरी सूचना प्रवाह गनुपर्छ ।’ महानगरपालिकाले सूचनाको हकलाई प्रभावकारी गर्दै आएको बताउंँदै उहांँले महानगरले हरेक चार महिनामा सार्वजनिक सुनुवाई समेत गर्दै आएको उहांँले बताउनु भयो ।
    महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले विना सर्त नागरिकलाई सूचना उपलब्ध गराउनु पर्ने बताउंँदै सूचना नमागेपनि सूचना उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो । पछिल्लो समय सूचना माग्ने क्रम बढेको भन्दै उहांँले सूचना दिने दायित्व सबै सरकारी निकायको भएको उहांँको भनाई थियो ।

    पुनरावेदन समितिका अध्यक्ष हरि प्रसाद अधिकारीले सूचनाको हक सम्बन्धी प्रादेशिक संरचना , उद्धेश्य तथा आवश्यकता विषयक प्रस्तुतीकरण दिदैं सूचना प्रवाहमा व्यापक गुनासा र उजुरी समितिमा आउने गरेको बताउनु भयो । अधिकांश सरकारी निकायका सूचना अधिकारीले सूचना नदिने, लुकाउने गरेको भन्दैसमितिले सूचनाको हक कार्यान्वयनका लागि स्थानीय वडा देखि टोल विकास संस्थासम्म काम गर्न लागेको बताउनु भयो ।
    पत्रकार महासंघ, वागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले स्थानीय तहमा सूचना पाउन कठिनाई भएको उल्लेख गर्दै सूचना प्रवाहमानै कमजोरी रहेको बताउनु भयो ।

    कानुन मन्त्रालयका कानुन महाशाखा प्रमुख मनुका घिमिरेले सूचनाको हक र सूचना अधिकारी सम्बन्धमा कानुनी व्यवस्था बिषयमा प्रस्तुतिकरण दिनु भएको थियो । कार्यक्रमको उद्धेश्य माथि समितिका सदस्य कृष्ण सारु मगरले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सरकारी निकाय, स्थानीय तहका, कर्मचारी, मानवअधिकारकर्मी लगायत सञ्चारकर्मीहरुसंँग अन्तरक्रिया गरि सुझाव संकलन गरिएको थियो ।

    बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • २.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ३.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ४.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ५.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.