• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

गैंडाकोटमा कात्तिक २३ देखि मंसिर १० सम्म औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव


  •   आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
  • चितवन । गैँडाकोट स्थित नारायणी नदी किनारमा दोस्रो गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव २०८१ हुने भएको छ । स्थानीय उत्पादनको प्रर्वद्धनको साथै व्यवसायलाई प्रर्वद्धन गर्ने उद्धेश्यसहित कात्तिक २३ देखि मंसिर १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।

    Advertisement

    नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले शनिबार गंैंडाकोटमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
    पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य महासंघ,गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले थलिएको पर्यटनलाई उकास्न तथा स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको बताउनु भयो । ‘कोरोना पछि सबै उद्योग,व्यवसाय क्षेत्र तहसनहस भयो । सयौं व्यवसाय बन्द भए, अध्यक्ष भट्टचनले भन्नुभयो , यस महोत्सवले केही राहत र आर्थिक चलायमान हुन मदत गर्ने विश्वास लिएका छौं ।’
    अध्यक्ष भट्टचनले अघिल्लो बर्षभन्दा महोत्सव केही पृथक हुने र यसबर्ष कृषि क्षेत्रलाई बढी प्राथमिकता दिने उहांँले बताउनु भयो । ‘अहिले हाम्रो कृषि क्षेत्र प्राथमिकतामा पर्दछ, यसको प्रर्वद्धनको लागि ३० देखि ५० वटा स्टल निःशुल्क गर्ने भएका छौं ।’ उहांँले भन्नुभयो ।
    ‘आर्थिक विकासको मूल आधार कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ आयोजित मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सभावनाको खोजी तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्य रहेको महासंघका अध्यक्ष भट्टचनको भनाई छ ।
    महोत्सवमा करिब ३ सयवटा स्टलहरु रहने बताईएको छ । महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको स्टलहरु रहने आयोजकले जानकारी दिएको छ ।
    महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम र बाल उद्यान पनि समावेश गरिने बताइएको छ । समुद्घाटनको अवसरमा विभिन्न जातजाति र संस्कृति झल्कने झाँकीहरु प्रदर्शन गरिने छ ।मेलामा १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । सो टिकट खरिद गर्दा मौलाकाली केबलकारमा ५० प्रतिशत छुट सुविधा दिईने भट्टचनले बताउनु भयो । विद्यार्थीलाई ५० र ७० वर्ष माथिकालाई निशुल्क गरिएको छ ।मेलामा १ करोड ४० लाख खर्च अनुमान गरिएको छ भने ३० लाख बचत हुने अपेक्षा गरिएको छ ।

    आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.