• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

भरतपुर महानगरपालिकाको डिजिटल वडा निर्माण कार्यको लागि डिजिसफ्ट डेभलपर्सको इन्ट्री


  •   बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ मा जिपिएस ( ग्लोबल पोजिसन सिष्टम) प्रणाली सहित अन्य तथ्याङ्क संकलनको प्रक्रिया शुरु गरिएको छ । वडाको प्रोफाइललार्ई एपको माध्यमबाट डिजीटलाईजेशन गर्ने उद्धेश्यले भरतपुर महानगरपालिका वडा नम्बर १२ ले यो काम शुरु गरेको हो । जनतालाई सेवा प्रवाहमा सहज र प्रविधिमैत्री बनाउने उद्धेश्य सहित प्रोफाइलको काम शुरु गरिएको वडा अध्यक्ष लेखराज पन्तले जानकारी दिनुभयो । ‘यसले वडावासीलाई सेवा प्रवाहमा सहज पनि हुन्छ र हामीलाई वडाको तथ्यांकबाट हरेक टोलको विस्तृत विवरण पनि प्राप्त हुन्छ ।’ अध्यक्ष पन्तले भन्नुभयो । कार्यालयले डिजीसफ्ट डेभलपर्सको प्राविधिक सहयोगमा काम शुरु गरेको हो ।

    Advertisement

    अध्यक्ष पन्तका अनुसार ‘यस प्रणालीबाट वडाको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य,रोजगारीको अवस्थाका साथै सार्वजनिक स्थल, नक्सांकन लगायत पूर्वाधारको जानकारी हुनुका साथै वडाको योजना निर्माण तथा समस्या पहिचानमा टेवा पुग्नेछ ।
    प्रोफाईलमा जिपिएस सिष्टम लागु भएपछि हरेक घरको ठेगाना मोबाइलबाट नै थाहापाउन सकिने छ । एपबाट प्रोफाईलमा घरमुलीको नाम, फोटो र घरको फोटो समेत राखिनेछ ।
    तथ्याङ्क संकलनका लागि तालिम दिएर वडाका २२ वटा टोल विकास संस्थामा २५ जना गणकहरु खटाईएको पन्तले जानकारी दिनुभयो । ६० वटा भन्दा बढी प्रश्नावली रहेको एपमा वडाले करीब दुईमहिना भित्र झण्डै चारहजार घरधुरीको विवरण संकलन गर्ने लक्ष्य लिएको छ ।

    डिजीसफ्टका प्रबन्ध निर्देशक बुद्धि डंगोलले देशभरीका ३५ वटा पालिकाका ५५० वटा बढी वडाहरुमा कम्पनीले यो एपबाट प्रोफाइल तयार पारेको र भरतपुरको वडा नम्बर वडामा दोस्रो पटक प्रोफाइलको काम गर्न लागिएको बताउनु भयो । ‘गत बर्ष हामीले भरतपुरकै वडा नम्बर २ बाट प्रोफाइल निर्माण शुरु गरेका थियौं , हालैमात्र वडा नम्बर १२ को काम शुरु गरेका छौं,, उहांँले भन्नुभयो, त्यसपछि रत्ननगर नगरपालिकामा पनि शुरु गर्नेछौं । वडालाई डिजिटलाईजेसनमा समावेश गरेपछि हरेक विवरण हरेक बर्ष वडा बाटनै अध्यवधिक गर्न सकिने कम्पनीले बताएको छ । प्र्रोफाईल तयार भएपछि वडा नम्बर १२ को औषत प्रति व्यक्ति आयको समेत जानकारी हुने कम्पनीका प्रबन्ध निर्देशक डंगोलको भनाई छ ।

    एपको माध्यमबाट वडालाई जुनुसुकै काम गर्न सहज हुने र कसैलाई पनि तथ्यांकबाट अध्ययन अनुसन्धान सहजै गर्न सकिनेछ । एप्समा हरेक घर परिवारको व्यक्तिगत तथा सम्पत्तिको विवरण लगायतका सूचकलाई गोपनियता कायम गरिएको समेत उहांँले बताउनु भयो ।

    यस प्रविधिबाट प्रत्येक वडावासीको विवरण दुरूस्त तत्काल थाहा पाउन, डेटा अपडेट र बजेट विनियोजनका लागि सजिलो बनाउन, तुरून्तै र प्रभावकारी सेवा प्रदान गर्न, खर्च र समय बचतको लागि पनि टेवा पुग्नेछ । प्रोफाइलको कामलाई छिटो चुस्त दुरुस्त बनाउन गणकलाई सही जानकारी दिएर सहयोग गर्न समेत वडा अध्यक्ष पन्तले आग्रह गर्नुभएको छ ।

    बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.