• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुर-वडा नम्बर १२ को हाजिरी जवाफ प्रतियोगितामा हाम्रो टोल प्रथम


  •   आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
  • भरतपुर । भरतपुर महानगरपालिका वडा नम्वर १२ मा शनिबार सम्पन्न अन्तरटोल हाजिरी जवाफ प्रतियोगितामा हाम्रो टोल विकास संस्था प्रथम भएको छ ।े नौरङ्गे टोल विकास संस्थाको समन्वय तथा अमेरीकाको टेक्सासमा रहेका नेपालीहरुको संस्था अनकोेनको सहयोगमा उक्त प्रतियोगितामा सम्पन्न भएको थियो । यस्तै गैरी प्रतियोगितामा टोल विकास संस्था द्धितिय र आनन्द टोल विकास संस्था तृतिय भएका छन् । वडा नम्वर १२को कार्यालयमा शनिवार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । नौरङ्गे टोल बाल क्लव र नौरङ्गे टोल युवा क्लवको संयुक्त आयोजनामा बाल क्लवका अध्यक्ष समिर बरालको अध्यक्षता तथा वडा अध्यक्ष लेखराज पन्त (हरि) को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा वडा अन्तरगतका टोल विकास १६ वटा टोल विकास संस्था सहभागी भएका थिए ।

    Advertisement

    ३० मिनेटको लिखित राउण्डबाट छानिएका कस्तुरी टोल, आस्था टोल, हाम्रो टोल, गैरी टोल, आनन्द टोल र जिल्ला प्रशासन एकता टोल गरी ६ टोलका १६ वर्ष मुनिका बालबालिका बीचमा ५ विधामा प्रतिष्पर्धा भएको वडा अध्यक्ष पन्तले जानकारी दिनुभयो । प्रथम हुने समूहले रु ५ हजार, द्धितिय हुने समूहले रु ३ हजार र तृतिय हुने समूहले रु २ हजार नगद पुरस्कार प्राप्त गरेका छन् भने सहभागी सबै प्रतियोगीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

    कार्यक्रममा अनकोनका कार्यक्रमलाई चितवनमा सफल बनाउन सहयोग गर्नु हुने सल्लाहकार दिनानाथ न्यौपाने, डा. सुदर्शन सिलवाल, माडी नगरपालिका उपप्रमुख खेम प्रसाद महतो, नारायण प्रसाद दवाडी, रामु भण्डारी, भगिरथ बश्याल, फिरल महतो, इश्वरी महतो, देवनारायण शाह, सुवाष कुमार तिवारी,वासुराज विष्ट र सन्तोष पन्तलाई सम्मान समेत गरिएको थियो । अनकोनका सल्लाहकार लायन दिनानाथ न्यौपानेले अनकोनले नेपालको बाग्लुङ , लमजुङ लगायत सुदुर पश्चिमका जिल्लाहरु र चितवनका विभिन्न विद्यालय लगायत माडीमा योगलाई अगाडि बढाउन गरेकोे भुमिकाबारे प्रकाश पार्नु हुँदै अनकोनका अध्यक्ष बटुकराज विष्ट तथा उपाध्यक्ष थलराज पन्त प्रति आभार प्रकट गर्नु भएको थियो ।

    उपम्रमुख खेम प्रसाद महतोले अनकोनले नेपालमा गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत सहयोग भई रहने विश्वास व्यक्त गर्नु भएको थियो । अनकोनका प्रतिनिधि बासुराज विष्टले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियानको अवधिमा भएकोले भरतपुर महानगरपालिका वडा नम्वर १२ ले आयोजना गरेको “म लैङ्गीक हिंसा गर्दिन, म लैङ्गीक हिंसा सहन्न” भन्ने ब्यानरमा हस्ताक्षर संकलन समेत गरिएको थियो ।

    कार्यक्रममा हाजिरी जवाफ प्रतियोगितामा सहभागी हुने तथा प्रथम, द्धितिय तथा तृतिय हुने बालबालिकाहरुलाई नगद पुरस्कार, प्रमाणपत्र वितरण गर्नु हुँदै प्रमुख अतिथि तथा वडा अध्यक्ष पन्तले नौरङ्गे टोल विकास संस्थाले युवाहरुको ज्ञान, सीप र कार्य कुशलता अभिवृद्धि गर्दै नेतृत्व विकास गर्न विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताउंँदै वडा कार्यालयमै हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरी वडामा रहेका वालवालिका तथा टोल विकास संस्थाहरुलाई एक सुत्रमा बाध्न तथा सक्रिय गराउन उल्लेख्य भूमिका निर्वाह गरेकोमा विजेता तथा सहभागी सबै सहभागीलाई बधाई दिनु भएको थियो ।

    प्रमुख अतिथि, विशिष्ट अतिथि, टोल विकास संस्थाका अध्यक्षहरु सहित १५० जना भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा नौरङ्गे टोल विकास संस्थाका अध्यक्ष सन्तोष पन्तले वडामा रहेका बालबालिकाहरुलाई एक आपसमा चिर परिचित गराई सहयोगको आदन प्रदान गर्न तथा वडामा हुने विभिन्न कृयाकलापहरुमा युवाहरुलाई सहभागी बनाउन यो कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । आफ्नो टोलका युवा तथा बालबालिकाहरुको उत्साहलाई जीवन्त राख्न कार्यक्रमको आयोजना गरेको उहांँले बताउनुभयो ।े कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने अनकोन र विशेष गरी अध्यक्ष बटुकराज विष्ट प्रति आभार व्यक्त गर्नु भयो ।

    नौरङ्गे टोल विकास संस्थाका सल्लाहकार ऋषीराम पौडेल, मदन घिमिरे, कृष्ण प्रसाद पौडेल, विनोद कुमार खतिवडाको नेतृत्वमा नौरङ्गे टोल युवा क्लवका अध्यक्ष आयुष रिमाल, उपाध्यक्ष विपिसा जिसी, सचिव मृनाल घिमिरे, सहसचिव कृतिका खनाल लगायत युवा क्लवका सदस्य तथा बाल क्लवका पदाधिकारी तथा सदस्यहरुले हाजिरी जवाफ प्रतियोगितामा प्रश्न पत्र तयार गर्ने, प्रश्न सोध्ने, उत्तर पुस्तीका परीक्षण लगायतका कार्य सम्पन्न गरी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो ।

    आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.