• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

प्रेमवस्ती दुग्ध सहकारीको बार्षिक साधारणसभा : एकहजारलाई स्वरोजगार बनाउने योजना


  •   बुधबार, पुष १७, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर–७ मा रहेको प्रेमबस्ती दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको प्रेमबस्ती दुग्ध उत्पादकको २४ औं साधारण सभा बार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार संस्थाका अध्यक्ष आनन्द न्यूरेको अध्यक्षतामा २४ औं साधारणसभा एवं २५ औं बार्षिकोसव मनाएको हो ।संस्थाले एकबर्षमा ४ करोड रुपैंया बराबरको कारोबार गरेको जनाएको छ । सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष न्यूरेले गतबर्ष संस्थाले चार करोड बराबरको कारोबार गर्दै आएको बताए ।

    Advertisement

    प्रेमबस्ती दुग्ध सहकारीले दिनको एक हजार पाँच सय लिटर दूध उत्पादन गर्दै आएको छ सहकारीले दूध उद्योगीहरुलाई बेच्ने गरेको उनले बताए । झन्डै २०० किसानहरु सहकारीमा आबद्ध छन् । प्रेमबस्ती दुग्ध सहकारीले आफ्नै मोडेल गाई फार्म पनि सञ्चालनमा ल्याएको अध्यक्ष निउरेले बताए । उनले सहकारीको गाई फार्ममा १३० वटा गाईभैँसी रहेको बताए ।
    अध्यक्ष निउरेका अनुसार प्रेमबस्ती दुग्ध सहकारीले १० बिघामा सुपर नेपियर घाँसखेती गर्दै आएको छ । उनले भविष्यमा सहकारीले उद्योग सञ्चालनमा ल्याउन बताए । उनले थपे, ‘गुदपाक, खुवा, पनिर, पुष्टकारी, चिजलगायतका परिकार उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउनेछ’ अध्यक्ष निउरेका अनुसार गोबर मल प्रशोधित गर्ने र यसलाई प्याकेजिङ गरी बेच्ने योजनासमेत बनाइएको छ ।

    बजार क्षेत्रबाट प्रेमबस्ती नजिक भएकाले भविष्यमा बजार क्षेत्रमा विक्री काउन्टरहरु सञ्चालनमा ल्याउने योजनासमेत बनाइएको अध्यक्ष निउरेले बताए । उनका अनुसार दूधमा किसानको लागत घटाउने उपायहरु गर्दै आइएको छ । किसानलाई तालिमसमेत दिइएको छ । निकट भविष्यमा एकहजार जनालाई स्वरोजगार बनाउने योजनामा संस्था रहेको उनको भनाई छ । संस्थालाई देशकै नमुना दुग्ध सहकारी बनाउने अभियानमा लागेको न्यूरेले बताए ।

    साधारण सभामा अध्यक्ष निउरे, कोषाध्यक्ष राजेन्द्रप्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष ईश्वरकुमार श्रेष्ठ, व्यवस्थापक सागर पराजुलीले तयार पारेको आर्थिक तथा प्रगति प्रतिवेदन साधारण सभाले पास गरेको छ ।

    कार्यक्रममा प्रमुख अतिथि जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालले किसानले दूधको भुक्तानी पाउन नसकेको बताए । उनले भने, ‘साउनदेखि चितवनका किसानले दूधको भुक्तानी पाएका छैनन्, दुई पटक आन्दोलन गरियो, अझै भुक्तानी पाइएको छैन ।’ उनका अनुसार चितवनका दुग्ध उत्पादक किसानको ८० करोडको भुक्तानी बाँकी छ ।
    कार्यक्रममा पशु सेवा कार्यालयका प्रमुख डा सुशील केसी, विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।

    बुधबार, पुष १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.