• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

प्रेमवस्ती दुग्ध सहकारीको बार्षिक साधारणसभा : एकहजारलाई स्वरोजगार बनाउने योजना


  •   बुधबार, पुष १७, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर–७ मा रहेको प्रेमबस्ती दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको प्रेमबस्ती दुग्ध उत्पादकको २४ औं साधारण सभा बार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार संस्थाका अध्यक्ष आनन्द न्यूरेको अध्यक्षतामा २४ औं साधारणसभा एवं २५ औं बार्षिकोसव मनाएको हो ।संस्थाले एकबर्षमा ४ करोड रुपैंया बराबरको कारोबार गरेको जनाएको छ । सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष न्यूरेले गतबर्ष संस्थाले चार करोड बराबरको कारोबार गर्दै आएको बताए ।

    Advertisement

    प्रेमबस्ती दुग्ध सहकारीले दिनको एक हजार पाँच सय लिटर दूध उत्पादन गर्दै आएको छ सहकारीले दूध उद्योगीहरुलाई बेच्ने गरेको उनले बताए । झन्डै २०० किसानहरु सहकारीमा आबद्ध छन् । प्रेमबस्ती दुग्ध सहकारीले आफ्नै मोडेल गाई फार्म पनि सञ्चालनमा ल्याएको अध्यक्ष निउरेले बताए । उनले सहकारीको गाई फार्ममा १३० वटा गाईभैँसी रहेको बताए ।
    अध्यक्ष निउरेका अनुसार प्रेमबस्ती दुग्ध सहकारीले १० बिघामा सुपर नेपियर घाँसखेती गर्दै आएको छ । उनले भविष्यमा सहकारीले उद्योग सञ्चालनमा ल्याउन बताए । उनले थपे, ‘गुदपाक, खुवा, पनिर, पुष्टकारी, चिजलगायतका परिकार उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउनेछ’ अध्यक्ष निउरेका अनुसार गोबर मल प्रशोधित गर्ने र यसलाई प्याकेजिङ गरी बेच्ने योजनासमेत बनाइएको छ ।

    बजार क्षेत्रबाट प्रेमबस्ती नजिक भएकाले भविष्यमा बजार क्षेत्रमा विक्री काउन्टरहरु सञ्चालनमा ल्याउने योजनासमेत बनाइएको अध्यक्ष निउरेले बताए । उनका अनुसार दूधमा किसानको लागत घटाउने उपायहरु गर्दै आइएको छ । किसानलाई तालिमसमेत दिइएको छ । निकट भविष्यमा एकहजार जनालाई स्वरोजगार बनाउने योजनामा संस्था रहेको उनको भनाई छ । संस्थालाई देशकै नमुना दुग्ध सहकारी बनाउने अभियानमा लागेको न्यूरेले बताए ।

    साधारण सभामा अध्यक्ष निउरे, कोषाध्यक्ष राजेन्द्रप्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष ईश्वरकुमार श्रेष्ठ, व्यवस्थापक सागर पराजुलीले तयार पारेको आर्थिक तथा प्रगति प्रतिवेदन साधारण सभाले पास गरेको छ ।

    कार्यक्रममा प्रमुख अतिथि जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालले किसानले दूधको भुक्तानी पाउन नसकेको बताए । उनले भने, ‘साउनदेखि चितवनका किसानले दूधको भुक्तानी पाएका छैनन्, दुई पटक आन्दोलन गरियो, अझै भुक्तानी पाइएको छैन ।’ उनका अनुसार चितवनका दुग्ध उत्पादक किसानको ८० करोडको भुक्तानी बाँकी छ ।
    कार्यक्रममा पशु सेवा कार्यालयका प्रमुख डा सुशील केसी, विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।

    बुधबार, पुष १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.