• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सातौँ वार्षिक साधारणसभा सम्पन्न


  •   आइतबार, पुष २१, २०८१ मा प्रकाशित
  • रत्ननगर । पुर्वी चितवनको रत्ननगर-१५ पिठुवास्थित पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

    Advertisement

    शनिवार सम्पन्न सातौँ वार्षिक साधारणसभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवदन अनुसार संस्थाले एकवर्षमा झन्डै २ करोड रुपैयाँ आम्दानी गरेको छ।

    संस्थाले चालू आर्थिक वर्ष २०८०-८१ मा १ करोड ९५ लाख १३ हजार रूपैया आम्दानी गर्न सफल भएको हो ।

    विभिन्न १३ शीर्षकमा आम्दानी गरेको सो संस्थाले पानी महसुलबाट मात्र १ करोड २२ लाख ४६ हजार रूपैया आम्दानी गरेको हो । संस्थाले कुल आम्दानीमा १ करोड ५७ लाख ५२ हजार खर्च कटाएर ३७ लाख ६१ हजार बचत गर्न सफल भएको छ ।

    वि.सं २०६७ सालमा स्थापना भएको सो संस्थामा हाल ४६७३ उपभोक्ता रहेका छन् । रत्ननगरको वडा नं. १४, १५ र १६ मा विच्छ्याइएको १०९ किमी लामो पाईप संजालबाट संस्थागत धारा ११, विपन्न वर्ग धारा २६३ र निजी धारा ४३९९ जडान गरिएको छ।

    बागमती प्रदेशका सांसद कृष्णप्रसाद खनालको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम, सचिव रुपेश तिवारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष विमला पाण्डे बन्जाराले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक गौतमबाबु अर्यालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    संस्थाको नीति तथा कार्यक्रममा ५०० जना क्षमताको सभाहल निर्माण, जियोग्राफिक इन्फर्मेसन सिस्टम (जी.आई.एस), सुचना प्रवाहको लागी एसएमएस सिस्टम, सामुदायिक विद्यालय र क्रियापुत्री भवनलाई पानीको महसुलमा ६० प्रतिशत छुट, नियमित महसुल तिर्ने ग्राहकलाई ५ प्रतिशत छुट, पानीको न्युनतम महसुलमा १० रुपैयाँ कम गरि ७० रुपियाँ कायम गर्ने, मिनिरल वाटर उत्पादन गर्ने जस्ता विषय समेटिएका छन।

    कार्यक्रममा पुर्व कार्यसमिति, लेखासमिति, पुर्व कर्मचारी, जग्गादाता तथा सहयोगीहरुलाई सम्मान समेत गरिएको छ ।

    सम्मानित हुने पुर्वकर्मचारी हरुमा प्रेमप्रसाद ढकाल, ठानेश्वर ढकाल, बद्रीनाथ न्यौपाने, मुरली थापा रहेका छन् । त्यस्तै पुर्वकर्मचारी स्व. बाबुराम थापामगरलाई मरणोंपरान्त सम्मान गरिएको छ ।

    त्यस्तै,सम्मानित हुनेहरुमा जग्गादाता कालिका ७ निवासी शेरकुमारी थापा र रत्ननगर १४ मा रहेको एसवाई प्यानल कम्पनी समेत रहेका छन् ।

    रनपा-१६ स्थित एसवाई प्यानलले खानेपानीको मुख्यकार्यालय परिसरमा दुई लाख ३३ हजारको लगानीमा अपरेटर आवास गृह निर्माण गरिदिएको छ ।

    सो कार्यक्रममा उत्कृष्ट दुई कर्मचारीलाई नगद सहित पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा प्रशासन तर्फ अस्मिता लामिछाने र प्राविधिक तर्फ प्रकाश स्याङबो तामाङ रहेका छन। उनिहरुलाई जनही रु. ५००५ सहित पुरस्कृत गरिएको हो ।

    कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक, वडा नं. १४ का वडाध्यक्ष होमनाथ रानाभाट, वडा नं. १५ का अध्यक्ष आशिक तामांङ, नेपाली काँग्रेसका नगर उपसभापती कमलनाथ अधिकारी, एमालेका जिल्ला कमिटि सचिवालय सदस्य प्रेम दुवाडी, माओवादी नेता दिलबहादुर बुढाथोकी लगायतले मन्तव्य राखेका थिए ।

    आइतबार, पुष २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.