• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

मानवअधिकार एलायन्स चितवनको नेतृत्वमा खनाल


  •   शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
  • चितवन । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल–मानवअधिकार एलायन्स चितवनको अध्यक्षमा पत्रकार किशोर खनाल चयन भएका छन् ।

    Advertisement

    शुक्रबार भरतपुरमा भएको मानव अधिकार एलायन्स चितवनको छैठौँ जिल्ला अधिवेशनले खनाललाई सर्वसम्मतबाट चयन गरेको हो । पत्रकार खनालले दुई दशकदेखि चितवन पोष्टमा समाचार लेख्दै आएका छन् ।

    अधिवेशनले महिला उपाध्यक्षमा कमला गजुरेल सुवेदी, उपाध्यक्षमा विनोद बर्तौला, सचिवमा चन्द्रकान्त ओझा, कोषाध्यक्षमा कृष्णबहादुर गुरुङ निर्वाचित भएका छन् । यस्तै, सदस्यहरुमा प्रेमनाथ सेढाईं, कोपिला दुवाडी, टीकाराम आचार्य, मदनराज घिमिरे, संगीता थापा, जमुना परियार र मीनबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै, लेखा समितिमा निरु बराल निर्वाचित भएकी छन् ।

    अधिवेशनका प्रमुख अतिथि एलायन्स बागमती प्रदेश कमिटीका अध्यक्ष श्याम श्रेष्ठले मानव अधिकारको क्षेत्रमा चितवन एलायन्सले उल्लेखनीय काम गर्नेछ भनेर आफूले अपेक्षा गरेको बताए । उनले भने, ‘जिल्लामा जहाँ मानवअधिकारको हनन् हुन्छ, त्यहाँ चितवन एलायन्स पुग्नुपर्छ, मानवअधिकारको रक्षामा सदैव पहरेदारको रुपमा उभिनुपर्छ ।’

    अध्यक्ष श्रेष्ठले चितवन एलायन्स जिल्ला कमिटीले अब पालिकास्तरमा समिति बनाउने बताए । उनले भने, ‘जिल्ला कमिटीले चितवनका प्रत्येक पालिकामा मानव अधिकारसम्बन्धी तालिम, प्रशिक्षण, अन्तक्र्रिया तथा जागरणका कार्यक्रमहरु गर्नेछ ।’

    कार्यक्रममा एलायन्सका पूर्व केन्द्रीय उपाध्यक्ष केशवप्रसाद रेग्मीले मानव अधिकारसम्बन्धी निर्देशिकाहरु पालना गर्दै एलायन्स चितवन अघि बढ्नुपर्ने बताए । उनले भने, ‘मानवअधिकार भनेको बाँच्नको लागि आवश्यक पर्ने सबै अधिकारलाई लिइन्छ ।’ मानव अधिकारलाई जन्मसिद्ध अधिकार वा नैसर्गिक अधिकारको रुपमा लिइन्छ ।

    पेटभर खान पाउनु, आधारभूत अनिवार्य र निःशुल्क शिक्षा पाउनु, आधारभूत स्वास्थ्य सेवा पाउनु, पेसा तथा रोजगारी छनौट गर्न पाउनु, समान व्यवहार, विचार र अभिव्यक्ति स्वतन्त्रता लगायत मानव अधिकार हुन् ।

    ‘खाना, नाना, छानाको अधिकार दिने तर स्वतन्त्रतापूर्वक हिँडडुल गर्न, बोल्न, सङ्गठित हुन नदिने हो भने उसको जीवन मर्यादित रहँदैन’ पूर्व केन्द्रीय उपाध्यक्ष रेग्मीले भने ।

    अधिवेशनको प्रमुख वक्ताको रुपमा रहेका नेकपा एमाले पोलिट्व्युरो सदस्य देवीप्रसाद ज्ञवालीले मानव अधिकारको मूल तत्व भनेको मानवीय आत्मसम्मानको रक्षा भएको बताए । उनले भने, ‘जीवनको अधिकार भन्नु नै आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार हो, मानवीय आत्मसम्मानबिना मानव जीवन पशुतुल्य हुने हुँदा कुनै पनि मानिसलाई उसको कुनै अधिकारबाट बञ्चित गर्न मिल्दैन । मानवअधिकार अरुलाई हस्तान्तरण गर्न पनि मिल्दैन ।’

    कार्यक्रमको अध्यक्षता गरेका नारायणप्रसाद दवाडीले एलायन्स चितवनले मानव अधिकारको क्षेत्रमा काम काम गर्दै आएको र अबको जिल्ला कमिटीले पनि तदारुकताको साथ काम गर्दै जाने बताए । अध्यक्ष दवाडीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रामकुमार श्रेष्ठले आर्थिक प्रस्तुत गरेका थिए । एलायन्स प्रदेश कमिटी सहसचिव पार्वती घिमिरे दवाडीले काठमाडौँमा हुन लागेको प्रदेश कमिटीको अधिवेशनमा चितवन जिल्लाबाट प्रतिनिधि छनौट भएको बताइन् । उनका अनुसार चितवनबाट पाँच जना प्रतिनिधि प्रदेश अधिवेशनको लागि छनौट भएका छन् ।

    शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.