• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

विदेश जाने विद्यार्थी तथा रोजगारकर्मीलाई लक्षित गरी चितवन कलेज अफ कुुकरी सञ्चालन


  •   बुधबार, माघ १६, २०८१ मा प्रकाशित
  • चितवन । देश तथा विदेशमा रोजगारी सिर्जना गर्ने उद्धेश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर ७ मा चितवन कलेज अफ कुकुरी सञ्चालनमा आएको छ । ६ महिने कोर्समा पर्यटन एवं हस्पिटालिटी क्षेत्रमा रोजगारी सिर्जना गर्न र दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यसहित उक्त कलेज सञ्चालनमा आएको हो । एक कार्यक्रमका बीच कलेजको नेपालका लागि अष्ट्रेलियन राजदुत लिन जोन्स्टनले उद्धघाटन गर्नुभएको हो । उद्धघाटनपछि बोल्दै जोन्स्टनले नेपालमा पर्यटन क्षेत्रको प्रचुर संभावना भएकोले यस क्षेत्रलाई थप व्यवसायिक बनाउन यस्ता कलेजहरुले मदत गर्ने बताउनु भयो ।

    Advertisement

    अष्ट्रेलियमा पनि पर्यटन क्षेत्रले महत्वपूर्ण स्थान ओगटेको भन्दै उहांँले विदेशको सीप सिकेर पनि नेपालमै काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘नेपाल प्रचुर पर्यटन संभावना भएको देश हो । यस्ता कलेजको सैद्धान्तिक तथा व्यवहारिक ज्ञानबाट रोजगारी बृद्धि र आर्थिक बृद्धिमा महत्वपूर्ण योगदान दिन सक्छ ।’ जोन्स्टनले भन्नुभयो । चितवन आफैमा प्राकृतिक सुन्दरता र विविधिता भएको जिल्ला भएको हुंँदा यस्ता सीप र ज्ञानलाई विकेन्द्रीकरण गर्दै लैजानुपर्ने उहांँको भनाई थियो ।

    सो अवसरमा बोल्दै कलेजका प्रबन्ध निर्देशक सचिन प्रताप केसीले चितवनमा पर्यटनको संभावना भएकोले र दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्य सहित कलेज सञ्चालनमा ल्याईएको बताउनु भयो । ‘हामीले कलेज सञ्चालन गर्न अघि अध्ययन गर्दा चितवनमा बाट कुकुरी क्षेत्रमा विदेशमा जाने र स्वदेशमानै काम गर्ने व्यक्तिहरु धेरै भेट्यायौं, केसीले भन्नुभयो , होटल क्षेत्रको जनशक्तिको अभावलाई टेवा दिन र दक्ष सीप सहित बिदेशमा रोजगारीको लागि पठाउन हामीले यो कलेज सञ्चालनमा ल्याएका हौं ।’ यो कलेजमा अध्यापन गरेपछि रोजगारीको अवसर मिल्ने र आफैंपनि होटल व्यवसाय सञ्चालन गर्न सकिने प्रबन्ध निर्देशक केसीले बताउनु भयो ।

    उहांँका अनुसार कलेजमा ६ महिनाको कोर्षमा एक महिने सैद्धान्तिक कोर्ष र बांँकी पांँच महिना व्यवहारिक ज्ञान दिलाइनेछ । विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई सीप सिकेर जांँदा सजिलै काम पाउने र रोजगारीका लागि तेस्रो मुलक जानपनि यो शिक्षा उपलब्धिमुलक हुने उहांँको भनाई थियो । हाल कलेजले विद्यार्थी भर्ना लिन र अध्यापन गर्न शुरु गरिसकेको छ । कलेजमा विद्यार्थीलाई भिन्दा भिन्दै राखेर बेकरी, बरिस्ता, इन्डियन कन्टिनेन्टल, चाइनिज , स्थानीय परिकार बनाउने प्रक्रिया सिकाइने गरेको केसीले बताउनु भयो ।

    अष्ट्रेलियाको कुलीनरी सोलुसन्स अष्ट्रेलिया इन्टरनेशनल संस्थासंँग सम्बन्धन प्राप्त गरेको यो कलेजले इन्र्टनसिपको लागि विद्यार्थीलाई इण्डियाको ताज होटल पठाउने गरेको र इन्र्टनसिप पश्चात जापान, युके , मध्यपूर्वका देशहरुमा रोजगारीका लागि जान सक्ने उहांँले जानकारी दिनुभयो ।

    बुधबार, माघ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.