• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

समाजसेवी भट्टद्धारा श्री आधारभुत विद्यालय ब्रम्हपुरका विद्यार्थीलाई कपडा वितरण


  •   शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १६ का समाजसेवी नन्दप्रसाद भट्टले विपन्न एवं पिछडिएका समुदायका विद्यार्थीलाई ट्रयाकसुट वितरण गर्नुभएको छ । सोही वडामा रहेको श्री आधारभुत विद्यालय ब्रम्हपुरका ८७ विद्यार्थीलाई ट्रयाकसुट दिनुभएको हो । आज स्कुल परिषरमा आयोजिक एक कार्यक्रमका बीच उहांँले त्यहांँ अध्ययनरत विद्यार्थीलाई ट्याकसुट वितरण गर्नुभएको थियो ।

    Advertisement

    वितरणपछि बोल्दै समाजसेवी भट्टले आफ्ना वडामा रहेका विद्यालयका विपन्न विद्यार्थीहरुको अध्ययन अध्यापनमा सहयोग पुगोस भन्ने हेतुले ट्रयाकसुट वितरण गरिएको बताउनुभयो । ‘यो वडाका कुनैपनि विद्यार्थीले आर्थिक अभावमा शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नपरोस भन्ने हेतुले सहयोग गरेको हुंँ, भट्टले भन्नुभयो, यसअघि पनि मैले वडाका अन्य विद्यालयहरुमा पनि शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको छु । ’ उहांँले आगामी दिनमा पनि विद्यालयलाई सहयोग निरन्तर दिने बताउंँदै अक्षयकोषको लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजसेवी भट्ट विगत २० बर्षदेखि विभिन्न संस्था तथा कमजोर आर्थिक अवस्था भएका समुदायलाई सहयोग गर्दै आउनु भएको छ । उहांँ सेतीदवी सामुदायिक वनको पूर्व अध्यक्ष एवं सानोगढी खानेपानी उपभोक्ता समितिको समेत अध्यक्ष हुनुहुन्छ ।

    सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक सन्दीप सुवेदीले यो सहयोगले विद्यार्थीलाई विद्यालयमा नियमित आउन सहयोग पुगेको बताउनु भयो । ‘विद्यालयमा सबैजसो विद्यार्थीहरु न्यून आर्थिक अवस्थाका रहेको भन्दै उहांले भन्नुभयो, यहांँ हुंँदा खाने विद्यार्थीहरुको ९० प्रतिशत बाहुल्यता छ , यो न्यानो कपडा सहयोगले विद्यार्थीलाई हौसला मिल्छ भन्ने ठानेको छु । ’उहांँले भट्टको मनकारी मनको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । उहांँले विद्यालयमा खेलकुद मैदानको अभावका साथै आधुनिक फर्निचर, खेलकुद सामाग्री कम्युटर, प्रोजेक्टर , डिजीटल बोर्ड लगायतको प्रविधिको अभाव रहेको उहांँले जानकारी दिनुभयो ।

    सिमिति श्रोतसाधनबाट विद्यालय सञ्चालन गर्दै आएको भन्दै प्रअ सुबेदीले अन्य दाताबाट पनि सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा सहयोगको कदर गर्दै विद्यालयले भट्टलाई सम्मान गरेको थियो ।
    चारकठ्ठा क्षेत्रफलमा मात्र रहेको यस विद्यालयमा दलित, आदिवासी, सिमान्तकृत समुदायले अध्ययन अध्यापन गर्दछन ।

    कक्षा १ देखि ८ सम्म अध्ययन हुंँदै आएको यस विद्यालयमा २७० जना विद्यार्थी अध्ययनरत छन ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बहादुर अधिकारीका अध्यक्षतामा सम्पन्न वितरण कार्यक्रममा समितिका सदस्य, अभिभावक , शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

    शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.