• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

समाजसेवी भट्टद्धारा ब्लड क्यान्सरपीडित कार्की परिवारलाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग


  •   आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १७ का ३९ बर्षीय खड्क बहादुर कार्कीलाई वडा नम्बर १६ का समाजसेवी नन्दप्रसाद भट्टले खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । भट्टले क्यान्सर पीडित कार्कीको घरमै पुगेर चामल दाल, तेल, का साथै उनका बालबालिकालाई कापी,कलम, झोला, कपडा हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण पछि प्रतिक्रिया दिदै भट्टले कार्कीको आर्थिक अवस्था नाजुक र बिरामी भएको सुनेपछि सहयोग गर्न आएको बताउनु भयो । ‘काम गरेर खुवाउने मान्छेनै बिरामी भएको सुनें । मेरो सहयोगले यो परिवारको दैनिकीमा केही सहज हुन्छ कि भनेर सहयोग सामाग्री लिएर आएको हुंँ ।’ समाजसेवी भट्टले भन्नुभयो । आफूले २० बर्षदेखि गरीब दखी, बेसाहारा तथा शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग गर्दै आएको बताउंँदै सहयोगको लागि अन्य दाताहरुसंँग पनि आग्रह गर्नुभयो । ‘तपाईहरुको सानो सानो सहयोगले उहांँले नयांँ जीवन पाउनुहुन्छ भने देश विदेशमा रहेका दाजुभाई दिदी बहिनीले जति सक्नुहुन्छ सहयोग गर्दिनुस । भट्टले आग्रह गर्नुभयो । ’
    कार्की झण्डै १ बर्षदेखि ब्लड क्यान्सर देखिएको थियो । एकछाक पनि खान धौधौ पर्ने उहांँको परिवारलाई दाताको सहयोगबाट उपचार गरिंँदै आएको थियो । तर पछिल्लो समय चिकित्सकले केमो लगाउन ४ लाख खर्च लाग्ने बताएपछि उपचार गर्न नसकेर कार्कीलाई घर फर्काइएको थियो ।

    Advertisement

    क्यान्सरपीडित खड्ककी पत्नी लक्ष्मी कार्कीले परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले उपचार गर्न नसकी अस्पतालबाट फर्किएको बताउनु भयो । ‘डाक्टरहरुले पहिला चढाएको केमोले काम नगरेको र केमो अर्को लगाउनुपर्छ भन्नुभयोे, लक्ष्मीले भन्नुभयो, हामीलाई एकछाक टार्न त मुश्किल छ त्यत्रो पैसा कहांँबाट ल्याउने ?’ कार्कीका आमा, श्रीमती र ४ जना छोराछोरी सहित ७ जनाको परिवार छ । सम्पत्तिको नाममा एउटा सानो जस्ताले छाएको घर छ । बिरामी हुनु अघि कार्की घर तथा भवनमा वेल्डिङ्गको गरेर परिवार पाल्दै आएका थिए । पछिल्लो एकबर्षदेखि लक्ष्मीले दैनिक ज्याला मजदुर गरेर जेनतेन परिवार पाल्दै आएकी छिन । ’परिवारमा उहांँनै हुनुहुन्थ्यो हामीलाई पाल्ने पोषण गर्ने , लक्ष्मीले भन्नुभयो, अहिले म बच्चाबच्ची हुर्काउने कि, उहांँलाई हेर्ने कि काम गर्ने बिचल्ली भएको छ ।‘ आफ्नो श्रीमानको उपचारको लागि सहयोग गर्न समेत उहांँले सबैलाई आग्रह गर्नुभयो ।

    बिरामी कार्कीले आफ्नो बांँच्ने रहर भएकोले उपचारको लागि सहयोग गर्दिन आग्रह गर्नुभयो । ’मर्ने रहर त कसलाई हुन्छ र, मलाई बचाईदिनुहोस, म मरें भने मेरा बालबच्चा पनि मर्छन ।’ उहांँले बिलौना गर्दै भन्नभयो । एकबर्षअघि उहांँको शरीर भरी गिर्खा , धब्बा र असहज भएपछि शंका लागेर बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा परीक्षण गर्दा ब्लड क्यान्सर देखिएको थियो । छिमेकीहरु केही सहयोग रकम जुटाएर उहांँको ८ पटकसम्म केमो थेरापी गरिएको थियो । पछिल्लो समय स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकले केमो परिवर्तन गर्न सुझाव दिएका थिए । पैसा नभएपछि हाल कार्की घरकै बिछ्यौनामा रोगसंँग लडिरहनु भएको छ ।

    उहांँको उपचारमा यसअघि ४ लाख बराबर खर्च भईसकेको र थप केमोथेरापी गर्न ४ लाख लाग्ने चिकित्सकले बताएका छन । हाल कार्कीको उपचारको लागि आर्थिक संकलन अभियान थालिएको छ । उहांँको खड्क बहादुर कार्की नाम रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १६२०१००५५४०५९०१० मा रकम पठाएर सहयोग गरिदिन आग्रह गरिएको छ ।

    आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.