• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

तरणदल चितवनमा चुनावी सरगर्मी बढ्यो : तरुणदल हाक्ने तयारीमा तामाङ्ग


  •   शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
  • चितवन । गतिविधि निकै सुस्त देखिने नेपाली काँग्रेसका भात्रृ संगठनको गतिविधि भने चितवनमा हिजोआज निकै तातेको छ । अधिवेशन तोकिएसंँगै स्वतन्त्र विद्यार्थी युनियनको चुनावी सरगर्मी पनि देशभर बढिरहेको छ । तरुणदलको अधिवेशन पनि नजिकिदै गर्दा चुनावी माहोल पनि सृजना हुँदै गएको छ । काँग्रेसको भातृ संगठन तथा पार्टीको मेरुदण्ड मानिएको तरुणदलको जिल्ला नेतृत्वका झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् । सबैको आ–आफ्नै दाबी र योजना छन् । आकांक्षी मध्येका र जिल्लाका युवा पुस्तामा प्रभावशाली एवं संभावना बोकेका नेता हुन् भरतपुर महानगरपालिका वडा नम्बर १७ का राजकुमार तामाङ्ग ।

    Advertisement

    झट्ट हेर्दा कुनै पहलमानी प्रतियोगिता विजेता जस्ता देखिने खाईलाग्दो शरीरका राजकुमारको बोलिचालीमा मिठास तथा स्वभाव मिलनसार भएकै कारण उनले प्रशंसक र शुभेच्छुक धेरै कमाएका छन । तामाङ्ग एक कुशल बक्सिङ्ग खेलाडी पनि हुन् । नेपाली कांग्रेसको पश्चिम चितवनको खम्बानै मानिने लामा इमान्दार र सहयोगी व्यक्तिको रुपमा पनि परिचित छन् । पारिवारिक पृष्ठभुमिनै नेपाली काँग्रेस उनी चितवनको लागि नयाँ व्यक्तित्व होइनन् । स्कुल , कलेज तह हुंदै कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिको उम्मेदवारी समेत दिएका थिए । उनी तरुणदलको आसन्न अधिवेशनमा अध्यक्ष पदका लागि बलियो दावेदारीका साथ होमिने तयारीमा छन्।

    गत निर्वाचनमा वडा नम्बर १७ कै जनप्रतिनिधि निर्वाचित उनमा चितवनका युवाहरुको आशा र भरोसा देखिन्छ । ‘मलाई कसैको सहयोग गर्न कुनै पार्टी धर्म वर्ग चाहिंँदैन म जुनसुकै बेला पनि सहयोग गर्न तयार हुन्छु । गर्नु पनि पर्छ हामी समाज सेवामा लाग्नेहरूले । मेरो अनुभवले पनि यही भन्छ । ’ उनी आत्मविश्वास व्यक्त गर्छन ।
    पश्चिम चितवनको मझुवा सामुदायिक वनका दुई पटक अध्यक्ष बनेका उनी आफ्नै वडामा सक्रिय युवा पात्र पनि मानिन्छन् । स्कुले जीवनदेखिनै काँग्रेसको चारतारे झण्डा र रुख चुनाव चिन्हसंग घनिष्ट मित्रता गांँसेका उनी पार्टीलाई पर्दा पहरेदार र पहाड जस्तो उभिने क्षमता राख्छन । ‘मैले पार्टीलाई पर्दा जतिबेला र जस्तोसुकै परिस्थितिमा अगाडि बढ्न तयार छु, पार्टी मेरो रगत हो पार्टी मेरो भविष्य पनि हो ।’ उनमा पार्टीप्रति समर्पण सजिलै देखिन्छ ।

    हिम्मत निडर, इमान्दारिताको पर्यायवाची तामाङ्ग सबैसंँग घुलमिल हुने युवा नेता हुन् । ‘म पार्टीका सबै तह तप्काको नेताहरुलाई सम्मान र आदर गर्दै आएको छु, उनी भन्छन, युवाहरुलाई पनि उत्तिकै माया र सद्भाव राख्ने मेरो बिशेषता हो ।’ तरुणदललाई सक्रिय बनाउन, चलायमान बनाउन निकैनै मेहनत गर्ने उनी चितवनका पार्टीका नेताको आंँखामा पर्न सफल भएका युवा नेताको रुपमा स्थापित छन । त्यसैले पार्टीको जुनसकै कार्यक्रम तथा अभियान होस उनी हाजिर भईहाल्छन ।
    नेपाल तरुण दलको केन्द्रिय अध्यक्ष विद्धान गुरुङ्गको निर्देशनमा हाल तरुणदलको नवीकरण र सदस्य विस्तारमा चितवनका सबै स्थानीय तह देखि वडा तहसम्म तल्लिन छन । ‘म अहिले तरुणदलको सदस्यता विस्तार र नवीकरणमा व्यस्त छु , उनी भन्छन , यस काममा पार्टीले दिएको विश्वासलाई गुम्न दिन्न ।’ कुनैपनि अध्यक्ष पदको आकांक्षीलाई प्रतिस्पर्धी नभई सहयात्रीको रुपमा लिन्छन उनी । ‘अहिलेसम्म मेरो प्रतिस्पर्धी , विरोधी, र दुश्मनी छैन, सबैलाई म मेरो सहयात्रीको रुपमा लिएको छु ’ उनी भन्छन ।

    उनी चितवनको राजनीतिमा मात्र सक्रिय छैनन समाजसेवामा पनि उक्तिकै दिलचस्पी राख्छन । ‘मैले राजनीतिलाई पेशाको रुपमा होइन सेवाको रुपमा लिएको छु । म राजनीतिमार्फत समाजसेवा गर्न चाहन्छु ।’ उनको अठोट छ । त्यसो त उनी चाहे भुकम्प होस, बाढीहोस या कुनै घटना उत्तिखेरै सहयोगका लागि तत्पर हुन्छन । ‘म युवा राजनीति गरेर कति सहयोग गरें, कति गरीबको मलम पट्टी लगाएंँ हेक्कानै छैन । मैले यसको हिसाब किताव गर्ने बानी पनि छैन ।’ उनमा निश्वार्थ भाव झल्किन्छ । भरतपुरमा आफ्नो उद्यम व्यवसायलाई पनि संँगै अघि बढाएका उनले दर्जनौलाई रोजगारी समेत प्रदान गरेका छन ।

    युवाको भविष्यको चिन्ता र चासो लिने उनी युवालाई शिक्षा संँगै रोजगारी , उत्पादनशील र सिर्जनशील काम दिनुपर्नेमा जोड दिन्छन ।

    तरुणदलमा अध्यक्ष भएर संगठन सुदृढीकरण गर्ने, गतिशिल बनाउने,संगठन विस्तार गर्ने भाईचारा भातृत्व विकास गर्ने र नेतृत्व र क्षमता अभिवृद्धि गर्ने उनको धोको छ ।
    ‘बर्षौसम्म तरुणदलको अधिवेशन अनिर्णयको बन्दी भईरहेका बेला उनको आगमनले तरुणदल चितवनमा नयाँ परिवर्तन आउला भन्ने आशा गर्न सकिन्छ । ’

    शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.