• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

कफीको गुण नियन्त्रणको लागि किसानलाई अत्याधुनिक उपकरण वितरण


  •   आइतबार, चैत १६, २०८१ मा प्रकाशित
  • काठमाडौं। कफीको फल टिपे पछिको प्रशोधन प्रक्रियामा कफीको गुणको अवस्थाबारे वैज्ञानिक परीक्षणमा सहयोग पुग्ने गरी सरोकारवाला किसानहरू र प्रशोधकहरूलाई आधुनिक उपकरणहरू वितरण गरियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत युरोपियन युनियन नेपाल व्यापार तथा लगानी

    Advertisement

    कार्यक्रमको सहयोगमा ४५ जनालाई पिएच मिटर ( फलमा अम्लीय तथा क्षारीयपन नाप्ने ), रिफ्रेक्टोमिटर ( फलमा चिनीको मात्रा नाप्ने ) र मोइस्चर मिटर ( फलमा पानीकोमात्रा नाप्ने ) वितरण गरिएको हो।नेपाली कफीको गुणमा अझ सुधार गरी स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा अझ माग अभिवृद्धि गर्न कफी व्यवसायीहरूलाई यस्ता उपकरण उपयोगी छन्।

    नेपाली कफीको गुण अभिवृद्धिलाई उच्च प्राथमिकता दिएको बताउँदै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक फइन्द्र पाण्डेले यस्ता आधुनिक उपकरणमार्फत कफीको गुणस्तर परीक्षणमा सरोकारवालाहरूको प्राविधिक क्षमताको विकास गर्ने, कफी प्रशोधनमा उच्च मापदण्ड र सुधारिएको अभ्यासहरू प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    यी उपकरणहरूमा पहुँचले किसान तथा प्रशोधकहरूलाई कफी गुणस्तरमा स्थिरता कायम राख्न सक्षम बनाइ विश्व बजारमा कफीको बजार विस्तार गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लीलाधर अधिकारीलेकफीको उत्पादन देखि निर्यात सम्मको मूल्य श्रृखला मजवुद बताउन सरकार प्रतिवद्ध रहेको बताउँदै यसका लागि सरोकारवालाहरूसँग सहकार्य जारी रहने उल्लखे गर्नुभयो ।

    युरोपियन युनियनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मीम हमालले यी उपकरणहरूले सरोकारवालाहरूलाई कफी प्रशोधनका विभिन्न चरणहरूमा कफीको गुणस्तर मूल्याङ्कनका लागि सहयोग पुग्ने र समग्र कफीको मूल्य श्रृंखलालाई थप सशक्त बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले कफी क्षेत्रको विकासको लागि युरोपियन युनियनले सहयोग गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै भविश्यमा पनि यस क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको बताउनु भयो।

    युरोपियन युनियन व्यापार तथा लगानी कार्यक्रमका राष्ट्रिय संयोजक डा. विदुर घिमिरेले कफीको गुण अभिवृद्धि र निर्यातसँग सँगै किसान तथा व्यवसायीको जीवनस्तर बढाउन पनि ध्यान दिनु पर्ने धारणा राख्नुभयो ।

    कफी उत्पादक महासंघका महासचिव सन्तोष पोखरेलले कफी क्षेत्रका उपलव्ध विज्ञहरूलाई जतिसक्दो धेरै उपयोग गर्न सके कफी क्षेत्रको गुणस्तर अभिवृद्धिसहित सम्पूर्ण मूल्य श्रृंखलालाई मजवुत बनाउन सहयोग पुग्ने बताउनु भयो ।

    केन्द्रिय कफी सहकारी महासंघका अध्यक्ष तुलसी धितालले कफी क्षेत्रका गुण अभिवृद्धिका लागि वितरित उपकरणहरू किसान तथा प्रशोधकहरूका लागि उपयोगी हुने बताउँदै यी उपकरणको भरपुर प्रयोग गर्न सबैलाई आव्हान गर्नुभयो।

    उपकरण निःशुल्क प्राप्त गर्ने संखुवासभा जिल्लाकी कफी व्यवसायी अस्मिता भण्डारीले आफूले यी उपकरणको अधिकतम उपयोग गरी कफीको गुणस्तरमा सुधार ल्याउन प्रयास गर्ने बताउँदै यस्ता उपकरणले किसान तथा प्रशोधकहरूलाई प्रोत्साहित गरेको धारणा व्यक्त गर्नुभयो ।

    आइतबार, चैत १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.