• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

पश्चगामी र यथास्थितिवादीबाट जनताको जीवनस्तर उठ्दैन : महासचिव बास्तोला


  •   बिहिबार, चैत २०, २०८१ मा प्रकाशित
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी ( बहमुत) का महासचिव धर्मेन्द्र बास्तोलाले नेपाली जनताको अवस्था र व्यवस्थ बदल्न बैज्ञानिक समाजवाद विकल्प भएको बताएका छन । आज भरतपुरमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै पश्चागामी र यथास्थिति बादीहरुबाट जनताको स्तर नउठ्ने बताएका हुन् ।
    गणतन्त्र नेता र मन्त्रीलाई मात्रै आएको भन्दै उनले वैज्ञानिक समाजवादनै अबको उत्तम अभ्यास भएको बताए।
    ‘दुईचालीस बर्ष निरंकुश राजतन्त्र चल्यो, जनताले केही पाएनन, अहिले गणतन्त्र आयो केवल सत्तामा बस्नेलाई मात्र , जनताको जीवनस्तर जहांँको त्यही ।’ उनले भने । व्यवस्था बदलेमात्र जनताको आर्थिक स्तर सुध्रने उनको भनाई थियाृ ।

    Advertisement

    आगामी निर्वाचनमा आफूहरु निवार्चनमा नजाने भन्दै उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यपालिका , व्यवस्थापिका, न्यायपालिका हुनुपर्ने पार्टीको कार्यदिशा रहेको बताए । ‘व्यवस्था बदलेमात्र मानिसको चरित्र सुध्रन्छ, उनले भने, यसले खराब मानिसलाई पनि सही बाटोमा ल्याउंँछ ।’
    सभामा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य गुणराज लोहनीले अहिलेको संसदीय व्यवस्था जनताको हितमा नरहेको दोहोराए । ‘पश्चगामीवादी र यथास्थिति वादीकै कारण देश खोक्रो भईसक्यो लोहनीले भने, गणतन्त्र आएपछि देशको ऋण १२ खर्बबाट २६ खर्ब पुग्यो ।’ यही व्यवस्थाका कारण २०२८ सालको ऐन परिमार्जन नभएको भन्दै उनले सत्ताधारी , दलाल र भ्रष्टाचारीलाई कारवाही गर्ने आफ्नो मुख्य एजेण्डा रहेको उनले बताए । ‘अहिले यो हाम्रो आवाजको लडाई हो, उनले भने, तर बन्दुक विना जनताले मुक्ति पाउने छैनन । बन्दुक उठाएरै आएका हौं । फेरी उठाउन पनि तयार छौं ।’

    केन्द्रिय कमिटी विभाग प्रमुख डिबी पाण्डेले अहिले व्यवस्थाले जनतामा कुनै परिवर्तन नभएको भन्दै देशभर जनतालाई जागरण अभियान चलाउन शुरु गरिएको बताए । ‘राजतन्त्र असफल भएको देख्यौं, गणतन्त्र असफल भएको पनि देख्यौं उनले भने, परिवर्तन त भयो, सत्ताधारिको मात्रै तर जनतामा परिवर्तन आएन ।’ वैज्ञानिक समाजवाद मार्फत अग्रगामी सोचले मात्र देशले निकास पाउने उनको भनाई थियो ।
    पार्टीले पहिलो चरणको अभियान यही चैत्र १० गतेबाट कञ्चनपुरबाट अभियान शुरु गरेर झापामा गएर समापन हुने उनले जानकारी दिए । त्यसपछि देशका पहाडी मुलुकमा अभियान सञ्चालन गरिने उनले बताए । अबको व्यवस्था भागवण्डा र गठबन्धनको नहुने भन्दै प्रत्यक्ष निर्वाचन प्रणालीबाट जानुको विकल्प नभएको उनको भनाई थियो ।

    केन्दिय पोलीटव्युरो सदस्य रक्तिमले पहिलो र दोस्रो शक्तिले मुलुकमा परिर्वतन नआएको भन्दै तेस्रो शक्तिको रुपमा नेकपा बहुमत आएको बताए । सभाका अध्यक्ष एवं पार्टीका चितवन जिल्ला सेक्रेटरी राम सेढाईंले जागरणलाई शशक्तिकरण र निरन्तरता दिदैं जाने बताए । ‘अब हामी जिल्लामा किसानको आन्दोलन, सकुम्बासी समस्या आन्दोलन , मिटर व्याजी, शैक्षिक तथा स्वास्थ्य माफिया र वित्तिय शोषण विरुद्ध निरन्तर संर्घर्ष गछौं ।’ सेंढाईले भने ।

    सहभागी अन्य अतिथि वक्ताहरुले जागरण अभियानलाई शशत्त, पार्ने, पूजींवादी तन्त्र र राजतन्त्रलाई निस्तेज पार्नुपर्ने र वैज्ञानिक समाजवादीलाई स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।

    बिहिबार, चैत २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.