• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

मेड इन नेपाल एक्स्पो उद्घाटन गर्दै मेयर रेनुले भनिन्–नीजि क्षेत्रको साथमा महानगर छ


  •   शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबलको उद्घाटन गरेकी छन् । नयाँ वर्ष २०८२ सालको अवसरमा नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले आयोजना गरेको एक्स्पोको उद्घाटन गर्दै मेयर दाहालले नीजि क्षेत्रका साथमा महानगर रहेको बताइन् । एक्स्पोले उद्योगी व्यवसायीमा उत्साह थप्ने विश्वास गर्दै उनले स्वदेशी वस्तु तथा सेवाको प्रबद्र्धन र रोजगारी सिर्जना गर्न कोशेढुंगा सावित हुने बताइन् ।

    Advertisement

    ‘भरतपुरमा पछिल्लो समय मेला, महोत्सव, प्रदर्शनीहरु भइरहेका छन् । नीजि क्षेत्रमा देखिएको निराशालाई ध्यानमा राखेर भ्रमण वर्ष आयोजना ग¥यो । आर्थिक गतिविधि चलायमान बनाउन केहि न केहि सहयोग ग¥यो’, उनले भनिन् । महानगरले पछिल्लो आठ वर्षमा करको दर नबढाएको, बरु दायरा मात्रै बढाइएको उनले बताइन् । ‘स्थानीय सरकारले अब के गर्नुपर्ने छ ? त्यो दिनुहोला । हामी तपाईहरुको महत्वपूर्ण सल्लाह सुझावलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने छौँ’, उनले भनिन् ।
    भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले उद्योगी व्यवसायीलाई परेका समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताए । नेपालमै केहि गर्छु भनेर उद्यम गरेको युवाहरुलाई तीनै तहको सरकारले संरक्षण गर्नुपर्ने भन्दै उनले राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन मेड इन नेपाल एक्स्पोले महत्वपूर्ण योगदान गर्ने बताए ।

    भरतपुर–१ का वडा अध्यक्ष केशव महर्जनले एक्स्पो देशलाई आत्मनिर्भर बनाउने एउटा पाइला भएको बताए । उद्योगी व्यवसायीलाई परेको समस्या महानगरले समाधान गर्दै जानुपर्ने भन्दै उनले आफ्नो वडामा दैनिक तीन देखि चार वटा व्यवसाय बन्द हुने गरेको बताए । स्वदेशी वस्तुको प्रयोग बढाउन वडा कार्यालयले सडकमा ढलान गर्ने कामलाई प्राथमिकतामा राखेको उनले बताए ।
    नेपाली युवा उद्यमी मञ्चका राष्ट्रिय अध्यक्ष कुशल सुन्दर श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रलाई नै बलियो र चलायमान बनाउन एक्स्पो महत्वपूर्ण हुने बताए । उनका अनुसार मञ्चको सात वटा प्रदेशमा १४ वटा च्याप्टर छन् । मञ्चमा देशभरबाट करिब ९०० युवा उद्यमी आबद्ध रहेको उनले जानकारी दिए । नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष उमेश श्रेष्ठले स्वदेशी वस्तु तथा सेवाको प्रवद्र्धनलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

    उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य राजन गौतमले तंग्रिन खोज्दै गरेका उद्योगलाई बैंकले न्याक्ने काम मात्रै गरेको बताए । चितवनमा एक वर्षको अवधिमा २०० भन्दा बढी उद्योग बन्द भएको बताउँदै उनले बन्द भएका उ्रद्योगको खोजी गर्न जरुरी रहेको बताए । उद्योगीहरु रोजगारदाता र करदाता समेत भएको बताउँदै उनले उद्योगीलाई सरकारले संरक्षण गर्नुपर्ने बताए ।
    उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी सुवेदीले एक्स्पाले नेपाली उत्पादनको प्रयोग गरौँ भन्ने भावना जगाउने विश्वास व्यक्त गरे । नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका पूर्व अध्यक्ष निरञ्जन न्यौपानेले नेपाली वस्तु तथा सेवाको प्रवद्र्धन गर्नु एक्स्पोको मुख्य उद्धेश्य रहेको बताए । साथै साँझपख संगितमय कार्यक्रममा दर्शकलाई नचाइने उनले जानकारी दिए ।

    आजदेखि सुरु भएको मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल वैशाख २ गतेसम्म सञ्चालन हुनेछ । पाँच दिनसम्म चल्ने एक्स्पोमा दैनिक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नेपाली उत्पादनको प्रदर्शनी हुने छ । बेलुका ६ बजेदेखि राति ९ बजेसम्म फुड फेस्टिबलसँगै कन्सर्ट हुने छ । प्रदर्शनी अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने कन्सर्ट हेर्नका लागि भने टिकटको व्यवस्था गरिएको छ ।

    कन्सर्टका लागि खल्ती एपमार्फत प्रतिटिकट ३०० रूपैयाँ र काउण्टरबाटै टिकट लिँदा प्रतिटिकट ५०० रूपैयाँ लाग्ने आयोजकले बताएको छ । एक्स्पो एण्ड फुड फेस्टिबलमा १०० भन्दा बढी स्टल छन् ।
    नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका पूर्वअध्यक्ष सूर्यभक्त अधिकारीले आजको कन्सर्टमा द एज ब्यान्डको प्रस्तुति रहने बताए । भोलि चैत ३० गते रकहेड, चैत ३१ गते पूर्ण राई र द परिवर्तन, वैशाख १ गते द स्वर र वैशाख २ गते उदय र झक्कासको विशेष प्रस्तुति रहने उनले बताए । फुड फेस्टिबलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको स्वादको विविधता पाइनेछ जसमा अर्गानिक उत्पादन, लाइभ कुकिङ डेमो, फुड आर्ट डिस्पले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरु समावेश हुनेछन् ।

    एक्स्पोमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डष्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसनलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायीहरु सहभागी रहेको बताए ।

    शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.