• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

न्यू होप नमस्ते इन्भेष्टमेण्टको अध्यक्षमा पुनः दिपेश श्रेष्ठ


  •   शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
  • चितवन । चितवनका विभिन्न पेशा, व्यवसायमा संलग्न युवा व्यवसायीको व्यवसायिक समुह न्यू होप नमस्ते ईन्भेष्टमेन्ट प्रालीको अध्यक्षमा पुनः दिपेश श्रेष्ठ चयन भएका छन । पाल्पाको रिब्दीकोटमा शुक्रबार सम्पन्न कम्पनीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । कम्पनीको सञ्चालक समिति सदस्यहरुमा मनोज रानाभाट,भुपेन्द्र कर्माचार्य ,गोपाल भट्टराई, सजिब वदन भण्डारी चयन भएका छन ।

    Advertisement

    कम्पनीको बार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष श्रेष्ठले कम्पनीले देशको बिषम परिस्थितिमा प्रगति गर्न सफल भएको बताए । ‘हामीले पहिलो चरणमा रियल स्टेटलाई प्राथमिकता दिएर काम गर्यौं । ‘अपेक्षित सफलता प्राप्त गर्यौं, अध्यक्ष श्रेष्ठले भने, यहांँ सम्म आइपुग्न सबैको उत्तिकै हात छ ।’ आगामी बर्षमा कम्पनीले संभावित क्षेत्रमा लगानी गर्दै जाने उनले बताए । ‘संकटमा पनि संभावना र अवसर खोज्नुपर्छ अध्यक्ष श्रेष्ठले भने, हाम्रो जस्तो देशमा कुन क्षेत्रमा बढी संभावना र भविष्य छ सोही क्षेत्रमा लगानी गर्नुपर्छ ।’

    कम्पनीका सदस्य मनोज रानाभाटले संस्थाको गतिविधि, उद्धेश्य बारेमा जानकारी दिंँदै अप्ठ्यारो परिस्थितिमा पनि कम्पनीले उचाई प्राप्त गर्न सफल भएको बताए । ’कोरोना पछि हरेक क्षेत्र तहसनहस छ, रानाभाटले भने, तर हामीले जुन क्षेत्रमा हात हाल्दै आएका छौं सफलनै भएका छौं ।’

    कम्पनीका अर्का सदस्य एवं चितवन चेम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराईले समय परिस्थिति अनुसार लगानीलाई विस्तार र परिमार्जित गर्दै लैजानुपर्ने बताए
    ‘नेपालमा हाइड्रो र अटोमोबाइल क्षेत्र, त्यस्तै ‘वल्ड एज होम’मा पनि उत्तिकै संभावना छ । हामीबीचका अनुभवी व्यवसायीहरुबीच सल्लाह गरेर थप क्षेत्रमा लगानी गर्दै जानुपर्दछ ।’ भट्टराइले भने । यसका लागि त्यो क्षेत्रको बजार, उपभोक्ता माग अनुसार लगानी गर्नुपर्ने उनको भनाई छ ।

    कम्पनीका अर्का सदस्य दिेपेश श्रेष्ठ (ख) ले नेपालमा हरेक व्यवसाय फष्टाउन नसकिरहेको बेला नयांँ क्षेत्रमा लगानी गर्दा विचार गरेर मात्र लगानी गर्नु पर्ने बताए । ‘हाम्रो ग्रुपमा हरेक क्षेत्रको विज्ञहरु हुनुहुन्छ, उहांँ लगायतको टीम बसेर लगानीको ग्यारेन्टी गर्ने गरी मात्र काम गर्नुपर्छ ।’ श्रेष्ठले भने ।

    चितवन चेम्बर अफ कर्मसका उपाध्यक्ष एवं कम्पनीका सदस्य रुवीन रामुदामुले सुरक्षित क्षेत्रमा मात्र लगानी गर्नुपर्नेमा जोड दिए । ‘लगानी गर्नुअघि अन्तरराष्ट्रिय बजार, अर्थतन्त्र र नेपालमा पर्ने प्रभावको बारेमा पनि अध्ययन गर्न जरुरी छ, रामुदामुले भने, अर्कोकुरा सरकारको पोलिसीलाई पनि हामीले हेनुपर्ने हुन्छ ।’

    सहभागी अन्य सदस्यहरुले कम्पनीमा लगानी गर्ने मात्र होइन दिर्घकालीन योजना,भिजन र विज्ञ सहितको टीम विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले संकटमा पनि प्रशस्त संभावना हुने भन्दै स्वदेशमै युवा फर्काउने, रोजगारी सिर्जना गर्ने र निर्यातमुखी उद्योग व्यवसायमा लगानी गर्न सुझाव दिएका थिए ।कम्पनीमा पोल्ट्री, अटोमोबाइल, होटल, सुनचांँदी, स्वास्थ्य, सहकारी लगायत क्षेत्रका व्यवसायीहरु गरी ३० जना सदस्य आवद्ध छन ।

    शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.