• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

बुलिङ्गटारमा पुष्पाञ्जली अस्पतालले दियो भिडियो एक्सरे सहित निःशुल्क स्वास्थ्य सेवा


  •   आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
  • चितवन । नवलपुर जिल्लाको पहाडी भेग बुलिङटार गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुलिङटार गाउँपालिका नवलपुर तथा पुष्पाञ्जली हस्पिटल प्रा.लि.भरतपुरको सयुक्त आयोजनामा एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।

    Advertisement

    अस्पतालले दुर्गम भेगका नागरिकको स्वास्थ्य सेवाम पहुंँच एवं सचेतना दिने उद्धेश्य सहित शिविरको आयोजना गरेको थियो ।

    शिविरमा २२४ जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको गाउंँपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    बुलिङटार गाउपालिका ३ नं. वडा कार्यालयमा सञ्चालित शिविरमा वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारी, स्त्री–प्रसूति रोग विशेषज्ञ डा.रामप्रसाद सापकोटा,बालरोग विषेशज्ञ डा.योगराज शर्मा, फिजिसियन डा.रिकेस सापकोटा ,नाक कान घाटी रोग विशेषज्ञ डा.लाल बहादुर गुरुङ, हाडजोर्नी डा.विज्ञान भट्टराई, दन्तरोग विशेषज्ञ डा.बिवेक घिमिरे, डा.निश्चल शाह र बुलिङटार गाउपालिका प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डा.अमिसा अधिकारी सहित २ दर्जन स्वास्थ्यकर्मीको टिमले स्वास्थ्य सेवा दिनु भएको थियो ।

    शिविरमा उच्च रक्तचाप,मधुमेह,पेटरोग,महिलाहरुको पाठेघरको समस्या, नशा तथा हाड्जोर्नीको समस्या,दाँत–मुखको समस्या भएका विरामीको उपचार गरिएको थियो । सेवाग्राहीलाई आबस्यकता अनुसार निःशुल्क औषधि वितरण साथै गर्भवती महिलाहरुको भिडियो एक्सरे समेत गरियो ।

    औपचारिक कार्यक्रममा बोल्नुहुदै पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुषालले यस क्षेत्रका जनताले शहरमा गई भेट्नुपर्नेमा वरिष्ठ चिकित्सकहरुसंग आफ्नै गाउघरमा नै आफ्नो स्वास्थ्य परामर्श तथा सेवा लिन पाउँदा खुसी भएको बताउनु भयो । आगामी दिनमा यसैगरी सहकार्य गरी शिविर तथा सचेतना कार्यक्रमलाई निरन्तरता दिने उहांँले बताउनु भयो ।

    त्यस्तैगरि वरिष्ठ फिजिसियन तथा जनतासंग अस्पतालका परिकल्पनाकार डा.भोजराज अधिकारीले अस्पतालको संस्थागत सामाजिक उत्तरदायित्व र रोग लाग्न नदिन हरेक नागरिकले आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्ने बताउनुु भयो । डा. अधिकारीले वर्षमा दुई पटक स्वास्थ्य जाँच गर्नु आवश्यक रहेको र पुष्पाञ्जली हस्पिटलले बुलिङटारवासीको लागि स्वास्थ्य सेवामा अस्पतालले २५% सहुलिीत प्रदान गर्ने प्रतिवद्धता गर्नु भयो ।

    कार्यक्रममा बुलिङटार– ३ नं. वडा अध्यक्ष विष्णु विर जर्गामगर,गाउँपालिकाका प्रशासन अधिकृत सिताराम खनाल,लेखा अधिकृत बाबुराम तिवारी जेसी रुपेश क्षेत्री,जेसी ऋषिराम गिरी,जेसी भेषराज झेडी सुमन खनाल लगायतको उपस्थिति रहेको थियो ।

    शिविर कार्यक्रमको स्थानीय संयोजन गंगा फाउण्डेशन,बुलिङटार र बुलिङटार जेसीजले गरेको कार्यक्रम संयोजक रुपेश क्षेत्रीले जानकारी दिनुभयो । गंगा फाउण्डेशनका अध्यक्ष तथा स्वास्थ्य पत्रकार सन्दीपकुमार श्रेष्ठले सामाजिक संस्थामार्फत प्रत्येक वर्ष यसैगरी बुलिङटार आसपासका क्षेत्रमा स्वास्थ्य सचेतना र विशेषज्ञ शिविर सञ्चालन गरिदै आएको बताउनु भयो ।

    यस्ता कार्यलाई थप जिम्मेवार र नागरिकप्रति उत्तरदायित्व बनेर कार्यक्रमलाई निरन्तरता दिने श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.