• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

सबैभन्दा बढी माइलेज दिने स्काइवेलको पहिलोपटक चितवनबाट बिक्री शुरु


  •   मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित
  • चितवन । चितवनमा लक्जरी आरामदायी इभी एसयुभी स्काइवेल गाडीको बिक्री शुरु गरिएको छ । भरतपुर महानगरपलिका वडा नम्बर १० स्थित रिजालचोकको एचथ्रीआर मोटर्सले आधिकारिक रुपमा स्काइवेल एसयुभीको बिक्री शुभारम्भ गरेको हो ।
    विगत ८ बर्षदेखि नेपालमा विभिन्न ब्राण्डका सवारी साधन बिक्री गर्दै आएको जी मोटर्स प्रालिले पहिलो पटक चितवनका लागि आधिकारिक बितरकको रुपमा एचथ्रीआर मोर्टसबाट बिक्री शुभारम्भ गरेको जानकारी दिएको छ ।

    Advertisement

    एचथ्रीआर मोटर्सका अध्यक्ष इञ्जिनियर हरि भण्डारीले नेपालमा इभी गाडीको भविष्य रहेको र इभीमा ग्राहकको आर्कषण बढेकोले चितवनबाट बिक्री शुरु गरिएको जानकारी दिए । ‘नेपाल विद्युतीय सवारीको लागि उपयुक्त ठाउंँ हो, भण्डारीले भने, अब हाम्रो जलश्रोत र विजुलीको उपयोग बढाउन र पेट्रोलियम पदार्थको आयात घटाउन पनि विद्युतीय गाडी प्रयोग गर्न जरुरी छ ।’ स्काइवेल सबैभन्दा बढी रेञ्ज दिने र रियल एसयुभी भएकोले पनि यो कम्पनीको गाडी बिक्री शुरु गरिएको उनको भनाई छ ।

    कम्पनीका प्रबन्ध निर्देशक दिनबन्धु चापागाईले स्काइवेल ग्लोबल बा्रण्ड भएको र नेपालमा पनि अत्यधिक रुचाईएकोले चितवनबाट पहिलोपटक बिक्री शुभारम्भ गरिएको बताए । ‘स्काइवेल रियल लक्जरी एसयुुभी गाडी हो, प्रबन्ध निर्देशक चापागाईंले भने, यसको हाई रेञ्ज, ग्राउण्ड क्लियरेन्स र अफरोड र प्रिमियम स्पेस भएकोले माग र बिक्री पनि राम्रो भएको पायौं ।’ यस शोरुमबाट सेल्स सर्भिस र पार्टस सहितको सुविधा दिइने उनले बताए ।

    जी मोटर्स प्रालीका निर्देशक कैलाशबाबु गेलालले स्काईवेलको प्रिमियम एवं नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने अर्थात सिंगल चार्जमा ६२० किमी सम्मको दूरी तय गर्ने र हाई ग्राउण्ड क्लियरेन्स भएको ‘चिनियाँ स्काईवेल एसयुभी इटी ५’ लगायत तीनवटा भेरियण्ट गाडीको चितवनबाट पनि बिक्री शुरु गरिएको बताए।

    उक्त ईभी एसयुभीमा १५० किलोवाट आवरको ब्याट्री प्याकले ग्राहकलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने प्रबन्ध निर्देशक गेलालको भनाई छ । यस्तै उनले ४१० किलोमिटर रेञ्ज दिने गाडीको मुल्य ७९ लाख ९० हजार, ५२० किमी रेञ्ज भएको गाडीको मुल्य ८९ लाख ९० हजार, ६२० किमी रेञ्ज भएको गाडीको १ करोड १५ लाख मुल्य पर्ने जानकारी दिए । ग्राहकले यो गाडी खरीद गर्दा ब्याट्रीमा ८ बर्ष वारेन्टी र २ लाख किलोमिटरको वारेन्टी पाउनेछन ।

    उनका अनुसार नयांँ बर्षको अवसरमा स्काइवेल खरीद गर्ने ग्राहक दम्पत्तीलाई युरोप टुरको व्यवस्था गरिएको छ । यस्तै एकबर्षको सडक कर, बीमा , एक्सचेन्ज सुबिधामा आकर्षक बोनस र बिशेष छुट सुविधा समेत रहेको उनले बताए ।
    स्काइवेलका विद्युतीय सवारी जर्मनी पोल्याण्ड, इजरायल्, टर्की र रसिया लगायत ६५ वटा भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । यसैबीच शोरुमले सोमबारनै एकवटा स्काइवेल गाडी बिक्री भईसकेको जानकारी दिएको छ ।

    मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.