• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम


  •   मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
  • रत्ननगर । रत्ननगर नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको आयोजनामा रत्ननगर–८ स्थित चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।

    Advertisement

    सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले जन्म, विवाह, मृत्यु, बसाइँसराइ, सम्बन्धविच्छेदजस्ता घटनाहरु ३५ दिनभित्रै दर्ता गराउनुपर्ने कानुनी प्रावधान रहेकोले सोहीअनुसार सही सूचना र तथ्यमा आधारित रहेर घटना दर्ता गराउनुपर्ने बताए ।

    जन्मदर्ताको हकमा स्वास्थ्य संस्थामा उल्लेख भएको जन्ममिति उल्लेख गरी स्थायी बसोबास गरेको ठाउँबाट ३५ दिनभित्र निःशुल्क दर्ता गर्न सकिने र ३५ दिनपश्चात् जरिवानासमेत तिर्नुपर्ने बताए ।

    उनले बैंक खातादेखि सामाजिक सुरक्षा भत्तासम्म जुनसुकै प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य रहेकाले जन्मदर्तादेखि नै सचेत भएर सही विवरण पेस गरी घटना दर्ता गराउन आग्रह गरे ।
    यस्तै, विवाह दर्ताको लागि २० वर्ष उमेर पुगेको हुनुपर्ने अन्यथा बालविवाह मानिने र त्यस्तो विवाह बदरयोग्य वा गैरकानुनी हुने उनले बताए । यस्तै, बहुविवाह पनि कानुनतः दण्डनीय हुने र कोही कसैले पनि बहुविवाहलाई प्रश्रय दिन नहुने बताए । तर, श्रीमान्–श्रीमतीको मृत्यु भएमा घरपरिवारको सहमतिमा अदालती विवाह गर्न सकिने उनले बताए ।

    यस्तै, सम्बन्धविच्छेदको निर्णय अदालतबाट हुने र श्रीमान्–श्रीमती कुनै एक सूचक भई घटना दर्ता गर्न सकिने पुनः विवाहको सवालमा पनि सम्बन्धविच्छेदको घटना सम्बन्धित पालिकाको वडा कार्यालयमा दर्ता गरेपछि विवाह गर्न सकिने बताए ।

    यस्तै, कुनै ठाउँमा स्थायीरुपमा बसेको ६ महिना कटेपछि मात्र बसाइँसराइ गरेको मानिने तर पर्यटकको रुपमा वा आफ्नो घरजग्गा रहेकै आधारमा बसाइँसराइ दर्ता गरिरहनु नपर्ने उनले बताए । यस्तै, मृत्यु दर्ताको सवालमा पनि ३५ दिनभित्र घटना दर्ता गराउँदा पछि आइपर्ने झन्झट बेहोर्न नपर्ने उनले बताए । यस्तै, धर्मपुत्र वा धर्मपुत्री राख्ने सन्दर्भमा पनि अदातलबाटै फैसला हुनुपर्ने प्रावधान रहेको उनले सुनाए ।

    बस्ताकोटीले एसइई परीक्षाका लागि २०८२ चैत मसान्तसम्म १४ वर्ष पूरा हुनुपर्ने व्यवस्था रहेको बताए ।

    बेवारिसेको हकमा बाबुआमा दुवैको नाम थाहा नभए वडाध्यक्ष सूचक बनेर जन्मदर्ता गराउनुपर्ने र बंशजको आधारमा नागरिकता दिनुपर्ने तर आमाबाबुको महलमा खाली छाड्नुपर्ने, एकल महिलाको हकमा पनि आमा नै सूचक बनेर बालबालिकाको जन्मदर्ता गराउन सकिने तर बाबु विदेशी रहेको अवस्थामा अंगीकृत नागरिकता प्रदान गर्न सकिने उनले जानकारी दिए ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंकर घिमिरे र छात्रछात्राहरुले जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदका विषयमा आआफ्ना जिज्ञासा राखेका थिए ।

    रत्ननगर–८ का वडाध्यक्ष कृष्ण चौधरीले घटना दर्ता गर्दा सानो गल्तीका कारण ठूलो समस्या र कानुनी कारबाही झेल्नुपर्ने भएकाले सबै विद्यार्थीले आफ्नो जन्ममितिअनुसार नै विद्यालयमा भर्ना गर्नुपर्ने र बीचमा नाम परिवर्तन गर्दा विविध समस्या र परीक्षाबाट नै वन्चित हुनुपर्ने बताए ।

    सबै विद्यार्थीले आफ्नो घरपरिवार र टोलछिमेकमा ३५ दिनभित्रै घटना दर्ता गराउनका लागि सचेतना फैलाउनुपर्नेमा उनले जोड दिए।

    कार्यक्रममा वडा सदस्यहरु सीता अधिकारी, दुर्गा विक, केदारकुमार श्रेष्ठ, विष्णुप्रसाद आचार्य, वडा सचिव रुपबहादुर पण्डित क्षेत्री, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवम् शिक्षक शिक्षिका लगायतको सहभागिता रहेको थियो ।

    मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.