• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम


  •   बुधबार, असार ०४, २०८२ मा प्रकाशित
  • चितवन । गरिमा कृषक समुहको आयोजना तथा कृषि विकास कार्यालय चितवनको सहयोगमा भरतपुर महानगरपालका वडा नम्बर १६ स्थित कृषक महिलालाई रैथाने मकैको बीउ उत्पादन सम्बन्धि तालिम दिईएको छ । रैथाने मकैको संरक्षण र बीउमा आत्मनिर्भर गर्ने उद्धेश्यसहित उनीहरुलाई चार महिने तालिम दिईएको हो ।

    Advertisement

    तालिममा मकैको बीउ उत्पादन प्रक्रिया, दुरी परीक्षण अगार्निक मल , बिषादीको प्रयोग लगायतका बिषयमा उनीहरुलाई सैद्धान्तिक एवं व्यवहारिक तालिम दिईएको थियो ।
    आज सोही वडामा आयोजित एक कार्यक्रमका बीच तालिमको समापन गरिएको हो । सो अवसरमा बोल्दै प्रमुख अथिति भरतपुर वडा नम्बर १६ कार्यबहाक अध्यक्ष दुर्गा सोडारी रेग्मीले यो तालिमले यस क्षेत्रका महिलाहरुलाई कृषिमा आत्मनिर्भर हुन टेवा पुगेको बताउनु भयो । पछिल्लो समय अर्गानिक उत्पादनको महत्व र आकर्षण बढेको भन्दै उहांँले यस्ता कार्यक्रमको विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

    बिशिष्ट अतिथि कृषि विकास कार्यालय , चितवनका प्रमुख भलनाथ कंडेलले रैथाने बीउ हराउंंँदै गएको बेला यस तालिमले रैथाने मकैको बीउ संरक्षण र उत्पादनमा मदत पुग्ने बताउनु भयो । उहांँले तालिममा सहभागी महिलाहरुलाई सिकेको सिप व्यवहारमा उतार्न पनि आग्रह गर्नुभयो । तालिमका सहजकर्ता एवं प्रशिक्षक रमा ढुंगानाले तालिममा महिलाहरुको सक्रिय उपस्थिति रहेको बताउनु भयो । तालिममा मल तथा बीउ , छर्ने, तथा भण्डारण गर्ने, अर्गानिक बिषादी उत्पादन तथा प्रयोग तथा निर्वाहमुखी बीउ उत्पादन प्रणाली र आधुनिक बीउ उत्पादनको तुलनात्मक अध्ययन गरिएको सहजकर्ता ढुंगानाले बताउनु भयो । तालिममा हजार वर्गमीटरमा उत्पादन गरिएको रैथाने रामपुर कम्पोजिट जातको मकैको बीउ स्थानीय कृषकलाई नै वितरण गरिएको उहांँले जानकारी दिनुभयो ।

    गरिमा कृषक समुहका अध्यक्ष तथा कार्यक्रमका सभापति टेक नारायण पौडेलले सिकेको सीपलाई व्यवहारमा उतार्दै यस्ता प्रकारका संरक्षणका कार्यलाई निरन्तरता दिंँदै जानुपर्ने बताउनु भयो ।

    समापन कार्यक्रममा ज्ञानेश्वर फलफूल तथा तरकारी उत्पादन सहकारी संस्थाका अध्यक्ष हरि बहादुर थापा, इन्टीग्रेटेड पेष्ट मेनेज्मेण्टका ( आइपीएम) का गीता बस्ताकोटी , धनकुमारी पौडेल , रिता बस्ताकोटी लगायतले रैथाने बीउ संरक्षणका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो । तालिममा २८ जनाको सहभागिता रहेको थियो । सो अवसरमा तालिमका सक्रिय तथा उत्कृष्ट कृषकलाई सम्मान गरिएको थियो ।

    बुधबार, असार ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.