• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

खुकुरी नेपाल सेक्युरिटी कम्पनीका कर्मचारी आन्दोलित


  •   आइतबार, असार २२, २०८२ मा प्रकाशित
  • चितवन । विगत लामो समयदेखि भरतपुर अस्पतालमा कार्यरत खुकुरी नेपाल सेक्युरिटी कम्पनीका कर्मचारीहरू फेरि पनि अन्यायको चपेटामा पर्ने अवस्था देखिएको छ। अस्पताल प्रशासनले पुराना कर्मचारीहरूलाई हटाएर नयाँ कर्मचारीहरुको टोली भित्र्र्याउने तयारी गरिरहेको खुलासा भएपछि, पीडित कर्मचारीहरू आन्दोलित भएका छन्।
    शनिबार भरतपुर अस्पताल प्रतिष्ठान समिति अन्तर्गत नेपाल आउटसोर्स श्रमिक संगठन चितवनको आयोजनामा आयोजित विरोध सभामा सयौँ पिडित कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोविन्द प्रसाद अर्याल, एकीकृत ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका इन्चार्जले भन्नु भयो पुराना कर्मचारीलाई हटाएर नयाँ ल्याउने गोप्य तयारी गरिएको भन्ने सुन्नमा आएको छ, जुन पूर्ण रूपमा अस्वीकार्य छ।
    उहाँले थप्नुभयो खुकुरी नेपालका कर्मचारीहरू वर्षौंदेखि ईमानदारिता र निष्ठापूर्वक कार्यरत छन्। उनीहरूलाई विना कारण हटाउनु अन्यायपूर्ण हुनेछ। यदि प्रशासनले उनीहरूलाई यथावत राख्ने प्रतिबद्धता नजनाएमा सशक्त आन्दोलन अपरिहार्य हुनेछ।

    Advertisement

    कार्यक्रमका विशिष्ट अतिथि उदय चन्द्र अर्याल र अशोक थापा दुवैले अस्पताल प्रशासनलाई चेतावनी दिँदै भन्नुभयो पुराना कर्मचारी हटाउने योजनाले श्रमिकहरूको भविष्य अन्धकारमय बनाउनेछ। यस्ता गतिविधि तत्काल बन्द गरिनुपर्छ।
    त्यस्तै अन्य अतिथिहरू टिकाराम पौडेल,(केन्दिय अध्यक्ष्र नेपाल औद्योगिक मजदुर संगठन), केशव पोखरेल (नेकपा एस उपसचिव, जिल्ला चितवन), केदार सुवेदी (जिल्ला सदस्य, नेकपा एस), सूर्य गिरी, कमला न्यौपाने, संजिता थापा, धनकुमारी अधिकारी, गोपाल प्रसाद तिवारीलगायतले पनि आफ्ना धारणा राख्दै श्रमिकमाथिको अन्याय खत्तम पार्न सम्पूर्ण युनियनहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
    कार्यक्रममा अमृत कुमार चेपाङ, सुनिता विक, सुनमायाँ ढकाललगायत सयौँ पीडित कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष रुकुमबहादुर श्रेष्ठले गर्नु भएको थियो ।

    उहाँले निष्कर्षमा भन्नु भयो हामी आन्दोलनको तयारीमा छौँ, श्रमिकमाथि कुनै पनि अन्याय सह्य हुने छैन । अस्पताल प्रशासनले सम्वादको बाटो रोजेमा हामी तयार छौँ, अन्यथा संघर्ष तिव्र बनाइनेछ।

    आइतबार, असार २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.