• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

फार्मेसी व्यवसायबाट उदाएका पौडेलको प्रेरणादायी कथा : जसले सरकारी जागिर छाडेर आफूलाई स्थापित गरे


  •   बुधबार, साउन १५, २०८२ मा प्रकाशित
  • चितवन । उद्यमी, व्यवसायी तथा इमानदारीपूर्वक काम गर्नेका लागि नेपाल नेपाल उर्वरभूमि रहेको दृष्टान्त अनेकौँ भेटिन्छन् ।

    Advertisement

    देशका सिर्जनशील एवं महत्वाकांक्षी युवाहरू पछिल्ला दिनमा जागिर खाने वा विदेशमा रमाउनेभन्दा स्वदेशमै विभिन्न पेसा व्यवसाय तथा उद्यमतर्फ आकर्षित भएको देखिन्छ ।

    हुँदाखाँदाको शिक्षक पेसासहित सरकारी जागिर छोडी तथा विदेशबाट फर्की आधुनिक तरिकाले सागसब्जीखेती गर्ने वा अन्य पेसामा रमाउँदै राम्रो आयआर्जन गर्नेहरू पनि अहिले त्यतिकै भेटिन्छन् । आआफ्नो गाउँठाउँमा यसरी राम्रो गरेको देखेर त्यसैको सिको गरी विभिन्न पेसा व्यवसायबाट लाभान्वित हुनेहरू पनि प्रसस्त देखिन्छन् ।

    यसै सन्दर्भमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत देशकै करिब मध्यभागमा अवस्थित चितवनको भरतपुरसहित आसपासका क्षेत्रमा गच्छेअनुसारको पेसा व्यवसाय गरी आमसर्वसाधारणका लागि प्रेरणाको स्रोत बन्न सफल अनेकौँ उदाहरणीय भेटिन्छन् । विशेषगरी शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्यागधन्दा, व्यापार व्यवसायमा लगानी गर्ने अधिकांश व्यक्ति आफ्नो आर्थिक तथा सामाजिक हैसियत उच्च बनाइ प्ररेणाको स्रोत बन्न सफल भएका छन् ।

    यसैमध्येको एक हुन् चितवन भरतपुरका प्राविधिक धारका युवा दिनेश पौडेल । भरतपुरस्थित सरकारी अस्पतालको पाँच वर्षको जागिरपछि पेसा बदलेका फार्मेसी विषयका स्नातक पौडेल यस क्षेत्रका युवाका लागि प्रेरणाका स्रोत भएको भनी भरतपुरवासी गर्व गर्दछन् ।

    भरतपुर महानगरपालिका–६ इन्द्रपुरीका पौडेल भरतपुरको चौबीसकोठीमा फार्मेसी पसल खोली औषधि व्यापारबाट मनग्गे आम्दानी गर्न सफल हुनुभएको छ । औषधिको क्षेत्रमा अध्ययनसहित लामो समय काम गर्नुभएका पौडेल चिकित्सकबाट सिफारिस भईआएका औषधिको व्यवस्था गरी बिरामीलाई सक्दो सहयोग गर्ने काममा अहोरात्र खटिरहेका छन् ।

    विसं २०६५ मा प्रेमबस्ती माविबाट एसएलसी उत्तीर्ण हुनुभएका पौडेलले ‘स्कूल अफ हेल्थ साइन्स’ भरतपुरबाट ‘डिप्लोमा इन फार्मेसी’ उत्तीर्ण गर्नुभयो । त्यसपछि ‘मेडिकल एण्ड टेक्निकल कलेज’बाट फार्मेसीमा स्नातक उत्तीर्ण गर्नुभयो ।

    स्नातक गर्नुअघि नै विसं २०७२ देखि उहाँले भरतपुर अस्पतालको फार्मेसीमा जागिरेका रुपमा काम गर्नुभयो । अस्पताल विकास समितिको मातहतमा पाँच वर्ष सेवा गर्नुभयो । त्यसपछि जागिरबाट भन्दा आफैँले व्यवसाय गर्नुपर्छ भन्ने सोचेर उहाँले जागिर छोड्नुभयो ।

    पाँच वर्षअघिदेखि भरतपुरको चौबीसकोठीमा साङ्घाई मेडिकल हल सञ्चालन गरेर पौडेलले व्यापार सुरु गर्नुभयो । योसँगै औषधिको होलसेल व्यापारका लागि फार्मेसी पनि सुरु गर्नुभयो । पौडेलले भन्नुभयो “जम्मा रु पाँच लाख लगानी गरेको मेडिकलमा अहिले रु एक करोडभन्दा बढी लगानी भइसकेको छ ।” फार्मेसीमा विज्ञता हासिल गरेकाले उहाँकोमा धेरै बिरामी औषधि किन्न आउँछन् । त्यसो त अरु फार्मेसीमा डाक्टरले लेखेको नबुझेपछि पुर्जा (प्रेस्क्रिप्सन) बोकेर बिरामी आफूकहाँ आउने गरेको उहाँ बताउनुहुन्छ ।

    पौडेलले भन्नुभयो, “नेपालका ७७ जिल्ला र भारतमा लेखिएका पुर्जा समेत बोकेर म कहाँ औषधि लिन आउँछन् ।” अन्यत्र नपाइने औषधि आफूकहाँ रहेकाले पनि बिहान सबेरैदेखि राति अबेरसम्म औषधि किन्नेको भीड लाग्ने गरेको उहाँले बताउनुभयो । पौडेलले भन्नुभयो, “म कहाँ नेपालका जुनसुकै डाक्टरले लेखेको औषधि पाइन्छ, अपवादबाहेक कोही पनि रित्तो हात फर्कनुपर्दैन ।”

    औषधिको ‘होलसेल’ व्यापारमा पनि उहाँ सन्तुष्ट हुनुहुन्छ । उहाँको औषधि पसलबाट १५ वटा नेपाली उद्योग र सात वटा भारतीय उद्योगको थोक व्यापार हुने गरेको छ । पौडेलले भन्नुभयो, “नेपालमा विशेषगरी प्राविधिक विषय पढेकाहरु विदेश जानुपर्दैन, लगानी र कामका लागि यही नेपालमा जस्तो सम्भावना अन्यत्र छैन, स्वदेशमै उद्यम गरी रोजगारीको वातावरा निर्माण गरौँ, यसैमा हामी सबैको कल्याण छ ।” रासस

    बुधबार, साउन १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.