• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

अमेरिकी श्रम बजार कमजोर हुँदै, अर्थतन्त्रमा जोखिम बढ्दै


  •   सोमबार, साउन २०, २०८२ मा प्रकाशित
  • वासिङ्टन । अमेरिकी श्रम तथ्याङ्क विभागले सार्वजनिक गरेको पछिल्लो बेरोजगारी सम्बन्धी प्रतिवेदनले मुलुकको श्रम बजार सुस्त बन्दै गएको स्पष्ट गरेको छ । यस अवस्थालाई लिएर विभिन्न क्षेत्रका विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
    गत शुक्रबार सार्वजनिक विवरणअनुसार, साउन महिनामा अमेरिकी गैरकृषि क्षेत्रमा जम्मा ७३ हजार नयाँ रोजगारी थपिएका छन्, जुन एक लाख चार हजारको अनुमानभन्दा धेरै कम हो । सोही अनुसार, बेरोजगारी दर पनि ४.१ प्रतिशतबाट बढेर ४.२ प्रतिशत पुगेको छ ।

    Advertisement

    श्रम विभागले यसअघि प्रकाशित जेठ र असार महिनाका तथ्याङ्कलाई पनि संशोधन गर्दै कुल दुई लाख ५८ हजार रोजगारीको गिरावट भएको जानकारी दिएको छ । विभागका अनुसार यो गिरावट ‘सामान्यभन्दा ठूलो’ हो ।
    आर्थिक तथा नीति अनुसन्धान केन्द्रका सह–संस्थापक डीन बेकरका अनुसार,“रोजगारी वृद्धि र तलब वृद्धिमा देखिएको सुस्तीका कारण उपभोगमा गिरावट आउन सक्छ । त्यस्तो अवस्थामा लगानीले त्यसको स्थान लिन नसक्ने देखिएको छ । साथै, राज्य तथा स्थानीय सरकारहरू पनि खर्च कटौती गर्न बाध्य भइरहेका छन्, जसले गर्दा समग्र अर्थतन्त्रमा थप कमजोरी देखिन सक्छ ।”
    अन्तर्राष्ट्रिय आर्थिक नीतिसम्बन्धी प्रतिष्ठानका वरिष्ठ विज्ञ ग्यारी हफबाउरले भन्नुभयो, “हालको अवस्था हेर्दा, आगामी केही महिनासम्म श्रम बजारमा ठोस सुधारको सम्भावना देखिँदैन ।”

    भन्सार नीतिको प्रभाव
    वर्तमान रोजगारीको सुस्ती अमेरिकी सरकारद्वारा अपनाइएको भन्सार नीतिसँग पनि सम्बन्धित रहेको विज्ञहरू बताउँछन् । तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रमुख व्यापारिक साझेदारहरूमाथि लादिएका उच्च भन्सार शुल्कहरूले बजारमा अनिश्चितता बढाएको विश्लेषण गरिएको छ ।

    हफबाउरले बताउनुभयो, “भन्सार नीतिले उपभोक्ताको खर्च क्षमतामा अप्रत्यक्ष असर पार्दछ । मूल्य वृद्धि हुँदा उपभोग घट्छ, र त्यसले रोजगारी सिर्जनामा नकारात्मक प्रभाव पार्दछ ।”
    डीन बेकरले पनि यस्तै धारणा व्यक्त गर्दै भन्नुभयो, “भन्सारले उपभोक्ताको क्रयशक्ति घटाउँछ, जसको प्रत्यक्ष असर उपभोग र लगानीमा देखिन्छ ।”
    मेरील्याण्ड विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता क्ले राम्सेका अनुसार, “श्रम बजारको अवस्था पहिले देखिएजस्तो सकारात्मक थिएन । अहिले श्रम बजारमा जेठ महिनादेखि नै गिरावट सुरु भइसकेको स्पष्ट भएको छ ।”

    केन्द्रीय बैंकको सम्भावित हस्तक्षेप
    श्रम बजारको कमजोरीले राष्ट्र बैंक (फेडरल रिजर्भ) लाई ब्याजदर घटाउने निर्णय लिन प्रेरित गर्न सक्ने विश्लेषण गरिएको छ । हफबाउरले यसबारेमा भन्नुभयो, “यस अवस्थाले राष्ट्र बैंकलाई थप ब्याजदर घटाउन बाध्य तुल्याउने सम्भावना छ, जसले केही हदसम्म अर्थतन्त्रमा गति ल्याउन सक्छ ।”

    राजनीतिक प्रभावहरू
    श्रम बजारसम्बन्धी कमजोर विवरण सार्वजनिक भएलगत्तै राष्ट्रपति ट्रम्पले श्रम तथ्याङ्क विभागकी आयुक्त डा. एरिका म्याकएन्टार्फरलाई पदबाट हटाउने निर्णय लिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत उक्त निर्णयको जानकारी दिँदै,“डा.म्याकएन्टार्फरले राजनीतिक उद्देश्यसहित तथ्याङ्कलाई तोडमोड गरेका थिए” भन्ने आरोप लगाउनुभयो, यद्यपि कुनै प्रमाण प्रस्तुत गरिएको छैन ।

    हफबाउरले यस कदमलाई ‘पूर्ण रूपमा राजनीतिक निर्णय’ भन्दै आलोचना गर्नुभयो । “उहाँको कार्यदक्षता वा योग्यता सन्देहको विषय थिएन,” उहाँले भन्नुभयो ।
    राम्सेले भन्नुभयो, “यस्तो निर्णयले उल्टो असर पार्न सक्छ । म्याकएन्टार्फर अब श्रम बजारसम्बन्धी सूचना र मूल्याङ्कनको लागि मिडियाको केन्द्र बन्न सक्नेछिन्, जसले सरकारले दिने तथ्याङ्कहरूलाई विश्वसनीय बनाइराख्न चुनौती सिर्जना गर्न सक्छ ।” रासस

    सोमबार, साउन २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.