• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

विजयादशमीको अवसरमा हंस सहकारीले गर्यो शुभकामना आदान–प्रदान


  •   बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित
  • चितवन । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विजयादशमी २०८२ को अवसरमा आपसी सद्भाव, एकता र सहकार्यलाई अभिवृद्धि गर्ने उद्देश्यका साथ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार शहीदचोक, नारायणगढस्थित संस्थाको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सेयर सदस्य, सञ्चालक समिति, उपसमिति तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
    कार्यक्रमका विशेष अतिथि संस्थाका सेयर सदस्य एवम् संविधानसभा सदस्य गीता वाग्लेले सहकारी संस्था केवल आर्थिक क्रियाकलापमा सीमित नभई समाजमा एकताको आधार निर्माण गर्ने केन्द्र बन्न सक्ने धारणा राखिन् ।
    सो अवसरमा लेखा समितिका संयोजक गोबिन्द प्रसाद पौडेलले सहकारी संस्था सदस्यबीचको पारस्परिक सहयोगलाई अझ मजबुत बनाउन यस्ता सांस्कृतिक कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताए ।
    संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले सहकारीको सामाजिक उत्तरदायित्वलाई जोड दिँदै विजयादशमीजस्ता पर्वहरूले सदस्यहरूबीच आत्मीयता र सहकार्यको वातावरण निर्माण गर्ने उल्लेख गरे ।
    भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाकी अधिकृत एवम् संस्थाकी सेयर सदस्य रोजी केसीले सहकारी र स्थानीय सरकारबीचको सहकार्य अझै सुदृढ हुनुपर्नेमा जोड दिइन् ।

    Advertisement

    यस्तै, सेयर सदस्य एवम् पत्रकार शान्ता अधिकारीले सहकारी संस्था समाजलाई सकारात्मक सन्देश दिने माध्यम बनेकोमा खुशी व्यक्त गरिन् ।
    संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले सहकारी संस्था केवल वित्तीय कारोबारमा सीमित नभई समाजमा सांस्कृतिक एकता र साझा भावना विकास गर्ने महत्वपूर्ण निकाय भएको बताउँदै, संस्थाले सदस्यहरूमाझ आत्मीयता र सहकार्यको संस्कार फैलाइरहेको धारणा राखे ।

    कार्यक्रममा सञ्चालक प्रा.डा. होमनाथ सापकोटा, षडानन्द लामिछाने, अनिता मैनाली र सुर्य बरालसहित अन्य पदाधिकारीहरूको पनि विशेष उपस्थिति रहेको थियो ।
    कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले गरेका थिए । उनले सहकारी संस्था हरेक सदस्यलाई समेट्ने साझा परिवार भएकाले यस्ता अवसरहरूलाई सामाजिक एकता र सहकार्य प्रवद्र्धन गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिंदै, संस्थाले अब जितपुर र विजयनगर क्षेत्रमा कृषि व्यवसायलाई प्राथमिकताका साथ अघि बढाउने योजना बनाइरहेको बताए ।

    बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.