• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

विजयादशमीको अवसरमा हंस सहकारीले गर्यो शुभकामना आदान–प्रदान


  •   बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित
  • चितवन । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विजयादशमी २०८२ को अवसरमा आपसी सद्भाव, एकता र सहकार्यलाई अभिवृद्धि गर्ने उद्देश्यका साथ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार शहीदचोक, नारायणगढस्थित संस्थाको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सेयर सदस्य, सञ्चालक समिति, उपसमिति तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
    कार्यक्रमका विशेष अतिथि संस्थाका सेयर सदस्य एवम् संविधानसभा सदस्य गीता वाग्लेले सहकारी संस्था केवल आर्थिक क्रियाकलापमा सीमित नभई समाजमा एकताको आधार निर्माण गर्ने केन्द्र बन्न सक्ने धारणा राखिन् ।
    सो अवसरमा लेखा समितिका संयोजक गोबिन्द प्रसाद पौडेलले सहकारी संस्था सदस्यबीचको पारस्परिक सहयोगलाई अझ मजबुत बनाउन यस्ता सांस्कृतिक कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताए ।
    संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले सहकारीको सामाजिक उत्तरदायित्वलाई जोड दिँदै विजयादशमीजस्ता पर्वहरूले सदस्यहरूबीच आत्मीयता र सहकार्यको वातावरण निर्माण गर्ने उल्लेख गरे ।
    भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाकी अधिकृत एवम् संस्थाकी सेयर सदस्य रोजी केसीले सहकारी र स्थानीय सरकारबीचको सहकार्य अझै सुदृढ हुनुपर्नेमा जोड दिइन् ।

    Advertisement

    यस्तै, सेयर सदस्य एवम् पत्रकार शान्ता अधिकारीले सहकारी संस्था समाजलाई सकारात्मक सन्देश दिने माध्यम बनेकोमा खुशी व्यक्त गरिन् ।
    संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले सहकारी संस्था केवल वित्तीय कारोबारमा सीमित नभई समाजमा सांस्कृतिक एकता र साझा भावना विकास गर्ने महत्वपूर्ण निकाय भएको बताउँदै, संस्थाले सदस्यहरूमाझ आत्मीयता र सहकार्यको संस्कार फैलाइरहेको धारणा राखे ।

    कार्यक्रममा सञ्चालक प्रा.डा. होमनाथ सापकोटा, षडानन्द लामिछाने, अनिता मैनाली र सुर्य बरालसहित अन्य पदाधिकारीहरूको पनि विशेष उपस्थिति रहेको थियो ।
    कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले गरेका थिए । उनले सहकारी संस्था हरेक सदस्यलाई समेट्ने साझा परिवार भएकाले यस्ता अवसरहरूलाई सामाजिक एकता र सहकार्य प्रवद्र्धन गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिंदै, संस्थाले अब जितपुर र विजयनगर क्षेत्रमा कृषि व्यवसायलाई प्राथमिकताका साथ अघि बढाउने योजना बनाइरहेको बताए ।

    बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.