चितवन। “स्वास्थ्य नै सबैभन्दा ठूलो हो, समयमा नै जाँच गरौं, स्वस्थ रहौं” भन्ने सन्देशलाई आत्मसात गर्दै भरतपुर महानगरपालिका–१०, अस्पताल रोडस्थित डाक्टर साथी प्याथोलोजी एण्ड होम केयर सर्भिसेस को आयोजनामा एक सातासम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुंँदैछ ।
नागरिकमाझ स्वास्थ्य सेवाको पहुंँच पुरयाउने उद्धेश्य सहित निशुल्क शिविरको आयोजना गरिएको हो ।
प्याथोलोजीका प्रबन्ध निर्देशक प्रणय केबीले निशुल्क शिविरबाट नागरिकले बढीभन्द बढी फाइदा लिउन भने उद्धेश्य सहित निशुल्क शिविर र छुटको व्यवस्था गरिएको बताए ।
प्रबन्ध निर्देशक केबीका अनुसार उक्त शिविर यही फागुन १ गतेदेखि ७ गतेसम्म प्रत्येक दिन बिहान ७ः०० बजेदेखि सञ्चालन हुनेछ। शिविर अस्पताल रोडस्थित भरतपुर सहकारी तालिम केन्द्र अगाडि आयोजना गरिनेछ। शिविरमा प्रगति पोलिक्लिनिक, अस्पताल रोड, चितवन ले प्राविधिक सहयोग प्रदान गर्ने जनाएको छ।
शिविरमा निःशुल्क सुगर (ब्लड सुगर) तथा रक्तचाप (प्रेसर) जाँचका साथै विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइनेछ। यसका अतिरिक्त सम्पूर्ण ल्याब जाँचमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। थाइराइड जाँच विशेष दरमा मात्र रु. ५००, थाइराइड विशेष जाँच एन्टी टिपीओ १५०० रुपैंया तथा होल बडी चेकजाँच ५९९९ रुपैंयामा विशेष छुट दरमा उपलब्ध गराइने प्थाथोलोजीले जनाएको छ।थप सेवाको लागि सम्पूर्ण स्वास्थ्य सेवा घरमै उपलब्ध गराउने व्यवस्था समेत मिलाइएको छ ।
हालको व्यस्त जीवनशैली, अस्वस्थ खानपान तथा बढ्दो मानसिक तनावका कारण मधुमेह, उच्च रक्तचाप र थाइराइडजस्ता रोगहरू तीव्र रूपमा वृद्धि भइरहेका बेला समुदायलाई लक्षित गर्दै समयमै जाँच तथा विशेषज्ञ परामर्श उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।
स्वास्थ्य सेवा सबैको पहुँचमा पु¥याउने लक्ष्यसहित सञ्चालन हुन लागेको उक्त शिविरबाट भरतपुर तथा आसपास क्षेत्रका नागरिकहरूले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ। आयोजकले सम्पूर्ण सर्वसाधारणलाई शिविरमा सहभागी भई आफ्नो तथा परिवारको स्वास्थ्य जाँच गराई लाभ लिन आग्रह समेत गरेको छ।




