भरतपुर । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि चितवन क्षेत्र नं ३ की उम्मेदवार रेनु दाहाल यतिवेला चुनावी घरदैलोमा व्यस्त हुनुहुन्छ ।
उम्मेदवार दाहालले चितवन क्षेत्र नं ३ का विभिन्न क्षेत्रमा चुनावी प्रचार प्रसार अभियान संचालन गर्नु भएको छ । सोहि क्रममा दाहालले शुक्रबार भरतपुर २३ मा घरदैलो अभियान गर्नु भएको छ ।
घरदैलो कार्यक्रमा दाहालले जनताको अपार साथ, सहयोग र समर्थन पाउनु भएको छ । दाहाल चुनावी प्रचारप्रसारको लागि भरतपुर २३ का विभिन्न टोलमा पुग्दा त्यहाका स्थानीय जनताले काम गर्नेलाई मतदान गर्ने वताउँदै आफुहरुले तारामै मतदान गर्ने सल्लाह गरेको वताएका थिए ।
दाहालले भरतपुर महानगरपालिकाको मेयर हुँदा काम गरेर दाखाउनु भएको वताउँदै स्थानीयहरुले हाम्रोलाई नभई राम्रोलाई मतदान गर्ने वताउँदै चुनाव जित्ने कुरामा ढुक्क हुन अनुरोध गर्नु भएको थियो ।
‘तपाई (दाहाल)ले भरतपुरको मेयर हुँदा काम गरेर देखाउनु भएको छ अव पनि जनताको पक्षमा काम गर्नेमा आफुहरु ढुक्क’ भएको स्थानीयको भनाई थियो ।
चुनावी घरदैलो कार्यक्रममा नेपाली कम्युनिष्ट पाटीका विभिन्न तहका नेता कार्यकर्ता तथा शुभेच्छुक हरुको उल्लेख्य सहभागिता रहेको थियो ।




